ब्रेकिंग न्युज

भारतले लगायो प्याज निर्यातमा ४० प्रतिशत महसुल



काठमाडौं, ३ भदौ । भारतले निर्यात रोक्ने उद्देश्यका साथ प्याजको निर्यातमा महसुल बढाएको छ । अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार भारतले शनिबारदेखि लागू हुने गरी प्याजको निर्यातमा थप ४० प्रतिशत निर्यात महसुल लगाउने घोषणा गरेको हो ।

भारतको यस्तो निर्णयले नेपाली बजारमा प्याजको मूल्य महँगो हुनेछ । भारतले हरेक वर्ष मुख्य चाडपर्व नजिकिँदै गएपछि प्याजको निर्यातमा अवरोध गर्दै आएको छ ।

भारतको अर्थ मन्त्रालयअन्तर्गत अप्रत्यक्ष कर तथा भन्सार बोर्डले २ भदौदेखि १५ पुससम्म लागू हुने गरी प्याज निर्यातमा महसुल बढाएको हो । भारत विश्वको सबैभन्दा ठूलो प्याज निर्यातकर्ता मुलुक हो ।

केही दिनयता आन्तरिक बजारमा प्याजको मूल्य बढेपछि यस्तो निर्णय भएको सरकारी अधिकारीहरुले बताएका छन् । नेपालको मुख्य प्याजको स्रोत मुलुक भारत हो । गत वर्ष नेपालले भारतबाट ६ अर्ब ७५ करोड रुपैयाँको १८ करोड किलो प्याज आयात गरेको थियो ।

नेपाली बजारमा अहिले प्याज प्रतिकिलो ६१ रुपैयाँ थोक मूल्यका खरिद बिक्री भइरहेको छ । नेपाल आलु प्याज व्यवसायी संघका अनुसार भारतको निर्णयले नेपालको बजार पनि प्रभावित हुनेछ । अहिले भारतबाट नेपालमा खरिद गरेर ल्याउँदा प्याजको प्रतिकिलो मूल्य ५० रुपैयाँ हराहारी पुग्ने गरेको संघका महासचिव प्रकाश गजुरेलले बताए ।

प्रकाशित : ३ भाद्र २०८०, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६