देश

सुन तस्करीको अनुसन्धान सीआईबीले नै टुङ्गोमा पुर्‍याउँछः गृहमन्त्री



काठमाण्डौ, ०३ भाद्र । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले ६१ किलो सुन तस्करीको अनुसन्धान नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले नै टुङ्गोमा पुर्‍याउने बताउनुभएको छ ।

आज आइतवार सिंहदरबारमा बसेको सर्वदलीय बैठकपछि सञ्चारकर्मीसँग कुरा गृहमन्त्री श्रेष्ठले सुन प्रकरणको सम्बन्धमा सीआईबीले अनुसन्धान गरिरहेको र सीआईबीले नै यसलाई टुङ्गोमा पुर्‍याउने दाबी गर्नुभएको हो । उहाँले भन्नुभयो, ‘सुन प्रकरणको सम्बन्धमा सीआईबीले अनुसन्धान गरिरहेको छ । सीआईबीले नै यसलाई टुङ्गोमा पुर्‍याउनेछ ।’

गृहमन्त्रीले बैठकमा संसद् गतिरोध अन्त्य गर्ने सन्दर्भमा छलफल सकारात्मक भएको पनि बताउनुभयो । उहाँले भन्नुभयो, ‘संसद्को अवरोध अन्त्य गर्ने सन्दर्भमा बैठक केन्द्रित थियो । राम्रोसँग छलफल भएको छ, आज नै निस्कर्षमा पुगेको छैन । तर छलफल सकारात्मक छ । हामीलाई विश्वास छ, भोलिसम्ममा निस्कर्ष सकारात्मक निस्केला र पर्सिसम्ममा सदन खुल्ला कि भन्ने आशावादी छौँ ।’

प्रकाशित : ३ भाद्र २०८०, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६