कपिलवस्तु ४ भदौ । आज नेकपा एमाले कपिलवस्तुको जिल्ला सचिवालय बैठकले प्रदेश अधिबेशनका प्रतिनिधीको संख्या निर्धारण गर्ने भएको छ । तौलिहवामा १२ वजेवाट शुरु भएको बैठकले १० वटा पालिकालाई आधार मानेर १०० जना वरावर १ प्रतिनिधीका हिसावले प्रतिनिधी छनौटको होमवर्क गर्ने भएको छ । ए
माले प्रदेशले यहि भदौ ९ गते एकैदिन प्रदेश अधिबेशनका प्रतिनिधी छनौट गर्ने तय गरेकोछ । जस अनुसार कपिलवस्तुवाट करिव ९० जना प्रतिनिधी प्रदेश अधिबेशनकालागि छानिने प्रारम्भीक आकलन छ यद्धपी यो संख्याको टुंगो भने सचिवालय बैठकले लगाउने जिल्ला अध्यक्ष डम्मर शर्माले जानकारी दिनु भयो ।
प्रतिक्रिया