प्रदेश

पाल्पामा ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गयो, पाँच घाइते



पाल्पा, ०५ भदौ । पाल्पामा ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । दुर्घटनामा पाँच जना घाइते भएका छन् ।
माथागढी गाउँपालिका–२ बाँसटारी झडेवा सडकको भित्री खण्डमा हिजो बेलुकी भएको दुर्घटनामा माथागढी–२ दोहोराका ३८ वर्षीय वेदप्रसाद भुसालको ज्यान गएको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ ।

दुर्घटनामा घाइते भएका माथागढी–२ का ३६ वर्षीय रिपबहादुर सारु, ४४ वर्षीय गोविन्दबहादुर सारु, ३० वर्षीय नरध्वज सारु, २५ वर्षीय सरोज सारु र ३५ वर्षीय टोपबहादुर सारुको लुम्बिनी मेडिकल कलेज, प्रभासमा उपचार भइरहेको छ । ग्याबिङ जाली बोकेको लु ४ त ६६३२ नम्बरको ट्र्याक्टर अनियन्त्रित भइ सडक छेउको पिल्लरमा ठोक्किएर पल्टिएको प्रहरीले जनाएको छ ।

प्रकाशित : ५ भाद्र २०८०, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६