प्रदेश

छाडा चौपया ब्यवस्थापन तत्कालै गर्नु पर्ने माग



कपिलवस्तु, ०५ भदौ । कपिलवस्तुबासी कै लागि ठुलो समस्याका रुपमा देखा परेको छाडा चौपायाको तत्कालै ब्यवस्थापन गर्नु पर्ने कपिलवस्तु नगरपालिका वडा नम्बर ३ का अध्यक्ष प्रकाश गैरेले माग गरेका छन । छाडा चौपया ब्यवस्थान नगरिदा कृषकहरुले लगाएको बाली सखाप भएको छ भने सर्वसाधारणले समेत हैरानी खेप्नु परेको भन्दै त्यसको समाधान तत्कालै गरिनु पर्ने उनले माग गरे ।


‘ छाडा चौपायाका कारण अहिले कृषकहरुले लगाएको धानबाली सखाप भएको छ, दुर्घटना समेत बढदै गएको छ ’ वडाध्यक्ष गैरले भने ‘ त्यसैले यसको समाधानमा ढिलाई गर्न हुन्न ’ । बढ्दो छाडा चौपायका कारण सर्वसाधरणलाई तौलिहवा बजारमा हिडडुल गर्न निकै समस्या भईरहेको छ ।


नगरपालिकाको तौलिहवाका सडक, चोक, गल्ली, हाटबजारमा छाडा चौपयाले निकै समस्या सिर्जना गर्ने गरेका छन् । तौहिलवामा मात्र नभै जिल्लाको गाँउ देखि शहर र कृषक देखि ब्यापारी समेत छाडा चौपायका कारण समस्यामा परेका छन् ।
नगरक्षेत्रमा यतिबेला छाडा चौपाया यती बिध्न बढेका छन की निर्बाध रुपमा सवारी साधन संचालनमा निकै बाधा पुगिरहेको छ । चौपायाले गर्ने जथाभावी दिशापिसाबकै कारण बजार क्षेत्रमा दुर्गन्ध बन्दै गएको छ । बाटो–बाटामा गाई बस्तु बस्ने भएकाले यात्रुलाई हिडडुल र सबारीसाधनलाई आबागमन गर्न समस्या परेको छ ।

दुर्घटनामा परी अवोध चौपाया घाईते अंगभंग र मर्ने समेत गरेका छन । छाडा चौपया ब्यवस्थापन नगरिए आफु अनसन बस्न बाध्य हुने वडाध्यक्ष गैरले बताए । ‘ कपिलवस्तुका पालिका, प्रदेश र संघीय सरकारले यसको चाडै ब्यवस्थापन गरोस ’ उनले भने ।
उता यही भदौ ९ गते बुद्धभुमी नगरपालिकाको बुढ्ढी चोकमा ल्म्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीको प्रमुख आतिथ्यतामा छाडा चौपया ब्यवस्थापनकालागि बृहद छलफल कार्यक्रम राखिएको छ ।

प्रकाशित : ५ भाद्र २०८०, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६