देश

झन्डै १ महिनापछि संसद् बैठक सञ्चालनमा



काठमाण्डौ, ०६ भदौ । झन्डै एक महिनापछि प्रतिनिधिसभाको बैठक सञ्चालनमा आएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तस्करी भएको साढे ६० किलो सुन प्रकरणमा उच्चस्तरीय छानबिन समितिको माग गर्दै नेकपा एमालेले साउन १० गतेदेखि संसदमा अवरोध गर्दै आएको थियो । संसदमा भइरहेको अवरोध हटाउनका लागि दलहरूबीच आज बुधवार सहमति भएपछि सदन सञ्चालनमा आएको हो ।

आज बुधवार भएको सहमतिअनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तस्करी भएको साढे ६१ किलो सुनको बारेमा अहिले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले नै अनुसन्धान गर्ने सहमति भएको छ । तर साढे ६० किलो सुनसहित अहिलेसम्म भएका सबै सुन तस्करीको छानबिन गर्न आउँदो असोजको ५ गते एक छानबिन आयोग बनाउने दलहरूले सहमति गरेका छन् ।

प्रकाशित : ६ भाद्र २०८०, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६