ब्रेकिंग न्युज

सिद्धार्थ क्याम्पसद्धारा कक्षा १२ उत्तीर्ण बिद्यार्थीहरुलाई बधाई तथा सम्मान



पशुपति गिरी ।
कपिलवस्तु जिल्लाको एकमात्रै क्यूएए प्रमाणित संस्था सिद्धार्थ क्याम्पस बाणगङ्गाले कक्षा १२ उत्तीर्ण बिद्यार्थीहरुलाई बधाई तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।सिद्धार्थ क्याम्पसको आयोजनामा कक्षा १२ मा उतिर्ण भएका बिद्यार्थीहरु सम्मानित भएका छन । हालै प्रकाशित नतिजामा प्रथम, द्धित्तिय, तृतिय तथा उत्र्तीण हुने बिद्यार्थीलाई क्याम्पसले सम्मानित गरेको हो । सो कार्यक्रमका प्रमुख अतिथी रवि काफ्लेले बोल्दै सिद्धार्थ क्याम्पस बिद्यार्थीहरुका लागि मार्गदर्शक बनेको र कक्षा १२ का उतिर्ण सम्पुर्ण विध्यार्थीहरु लाई सिद्धार्थ क्याम्पस बाटै उच्च शिक्षा हासिल गर्नका लागि आग्रह गरे ।

कार्यक्रमका अध्यक्ष तथा कक्षा १२ का कोडिनेटर राजकुमार अर्यालले सिद्धार्थ क्याम्पस नेपालमै नाम चिनाउन सफल र उत्कृष्ट क्याम्पस रहेको हुदाँ विधार्थीहरु लाई सिद्धार्थ क्याम्पसमा आई अध्ययन गर्न आग्रह गर्दै पढ्न इच्छा हुदाँ पनि गरिवीका कारण पढ्न नस्कने भएमा त्यस्ता विधार्थीहरुलाई विशेष छुटमा पढाउने प्रतिबद्दता जनाएका छन ।यस्तै कार्यक्रमका विशिष्ट अतिथी तथा क्याम्पस प्रमुख बेदराम अर्यालले कक्षा १२ उत्तीर्ण सम्पुर्ण बिद्यार्थीहरुलाई बधाई तथा शैक्षिक सफलताको शुभकामना ब्यक्त गर्दै सिद्धार्थ क्याम्पसले सदैब गुणस्तरिय शिक्षा प्रदान गरेको र कक्षा १२ पछि पनि अधिकांश बिद्यार्थीहरुको रोजाई सिद्धार्थ क्याम्पस नै हुनेमा आफु बिश्वस्त रहेको बताउनुभयो ।

उक्त कार्यक्रममा सहायक क्याम्पस प्रमुख गोविन्द खनाल, कमल पोख्रेल, कक्षा१२ मा उतिर्ण विध्यार्थी,स्ववियु सभापति निलकमल थारु,स्ववियु सचिव पशुपति गिरी लगायतले मन्तव्य राखेका थिए ,भने कार्यक्रमको सञ्चालन अतिरिक्त क्रियाकलापका सयोजंक रमेश पौडेलले गनुभएको थियो । कार्यक्रममा ४० जना बिधार्थी सम्मानित तथा पुरसकृत भएका हुन ।

प्रकाशित : ७ भाद्र २०८०, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६