कपिलवस्तु, ०८ भदौ ।
होराइजन अंग्रेजी आवासीय माध्यमिक विद्यालय, सिद्धिपुर कपिलवस्तुले सदैव उत्कृष्ट नतिजा सहित प्रथम स्थान हासिल गरि रहेकोले यो सर्बाेत्कृष्ट शैक्षिक गन्तब्य हो भन्ने कुरामा दुई मत नरहेको वाणगंगा नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख खिम बहादुर जि.सिले बताउनु भएको छ । होराइजन मावि तथा सयपत्री क्याम्पसले सिद्धिपुरमा आज आयोजना गरेको कक्षा १२ तथा क्याम्पस तहमा सर्वाेत्कृष्ट नतिजा ल्याउने विद्यार्थीका लागि आयोजना गरेको विद्यार्थी सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख जि.सि.ले कपिलस्तुको सान, प्रदेशको गौरब तथा देशकै गरिमा होराईजन माध्यमिक विद्यालयले अनवरत रुपमा सुखद नतिजा ल्याएको प्रति कृतज्ञता व्यक्त गर्दै अब राष्ट्रमै सर्वाेत्कृष्ट नतिजा ल्याई नगरको नाम राखे हुन्थ्यो भन्ने होराईजन संग नगरको अपेक्षा सुनाउनु भयो ।
होराइजन स्कूलकै अभिन्न अंग सयपत्री क्याम्पसले पनि हरेक वर्ष जिल्ला, प्रदेश तथा पुरा देशमै उत्कृष्ट नतिजा ल्याई रहेकोले अब स्कूल तथा क्याम्पस तह अध्ययनका लागि होराइजन परिवार नै सबैको निर्बिकल्प रोजाई बनि सकेको उल्लेख गर्नु भयो ।
होराइजन मा.वि.ले जस्तै सयपत्री क्याम्पसले पनि हरेक वर्ष जिल्ला प्रथम, प्रदेश प्रथम समेतको कठिन नतिजा हासिल गरि रहेको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै क्याम्पस प्रमुख तथा प्राचार्य बासुदेव घिमिरेले शैक्षिक गुणस्तरको पाटोमा होराईजनले ठुलो उपलब्धी हासिल गरेको भएपनि विद्यार्थीहरुको सामाजीकिरणमा अझ धेरै भूमिका खेल्न आवश्यक रहेको जिकिर गर्नुभयो । विद्यार्थीले लेखाई पढाईमा अब्बल नतिजा ल्याएको भए पनि उनीहरुको आचरण सुधार गर्न अति आवश्यक रहेकोे उहाँको भनाई छ । “आफू भन्दा सानालाई माया गर्ने तथा ठुलालाई उचित आदर सत्कार गर्ने सम्मका सामान्य आचरण देखाउन समेत आज भोलीका विद्यार्थी विचलित भएका छन्, सर्वागिंण विकासको सो पाटोमा व्यापक सुधार तर्फ पनि अब हामीले आफ्नो ध्यान केन्द्रित गर्नेछौँ”– प्राचार्य घिमिरेले भन्नुभयो ।
विद्यालय, ११।१२ कक्षा तथा क्याम्पस तहको हाम्रो नतिजा कस्तो छ आम जनतालाई थाहा भएकोले विद्यालयको गणस्तरको विषयमा थप केहि भन्न जरुरी नरहेको घिमिरेको दावी छ । होराइजन आवासीय माध्यमिक विद्यालय कपिलवस्तु जिल्लाको पहिलो क वर्गको संस्थागत विद्यालय हो । एस ई ई नतिजामा पनि निरन्तर जिपिए फोर, जिल्ला तथा प्रदेश प्रथम, र क्याम्पस तहमा पनि सोहि नतिजा ल्याउने गरेको छ ।
कपिलवस्तु जिल्लाको शैक्षिक उन्नयनमा दशकौँदेखि अनवरत रुपमा क्रियाशिल मुर्धन्य अध्यापकहरुद्धारा शिक्षण र व्यवस्थापनले यो नतिजा दिन विद्यालय तथा क्याम्पस सफल भएको जानकारहरुको भनाई छ । हालै प्रकाशित कक्षा १२ को नतिजामा पनि होराईजन मावि संस्थागत तर्फ जिल्ला प्रथम र द्धितीय बन्न सफल भएको निमावि तह संयोजक शालिकराम आचार्यले जानकारी दिनुभयो । एस ई ई नतिजामा पनि २०७८ र २०७९ मा होराईजनले जिपिए फोर हासिल गरेको थियो भने विविएस तर्फ पनि प्रदेश प्रथम सम्मका नतिजा हासिल भएको उहाँले जनाउनुभयो ।
प्रतिक्रिया