देश

निषेधाज्ञासँगै धरानमा कडा सुरक्षा



विराटनगर, ०९ भदौ । सम्भावित झडपको जोखिम रोक्न प्रशासनले धरान प्रवेशमा कडाइ गरेको छ । आज अर्थात् शनिवार तय भएको धार्मिक र्‍यालीले निम्त्याउन सक्ने जोखिम रहेको भन्दै प्रशासनले धरान प्रवेशमा कडाइ गरेको हो।

गोरु काटेर मासु खाएको भिडियो सार्वजनिक भएसँगै त्यसको विरुद्धमा विभिन्न हिन्दू संगठनले धरानमा धार्मिक र्‍याली आयोजना गरेका हुन्।

र्‍यालीले उत्पन्न हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासनले निषेधाज्ञा समेत जारी गरेको छ भने ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ। धरानमा प्रशासनले शनिबार रातिसम्मका लागि शुक्रबार नै निषेधाज्ञा जारी गरेको हो।

प्रकाशित : ९ भाद्र २०८०, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६