देश

स्वदेशी फूलले बजारको माग धान्नै मुस्किल



काठमाण्डौ, ११ भदौ । लगानी अभावका कारण बजारको मागअनुसार स्वदेशी फूल उत्पादन हुन सकेको छैन। स्वदेशी उत्पादनले बजारको माग धान्न नसकेपछि आयात गर्नुपरेको फ्लोरिकल्चर एशोसिएशनले जनाएको छ । हरेक वर्ष माग १५ देखि २० प्रतिशतसम्म बढ्दै गएको छ तर उत्पादन भने बढीमा १० प्रतिशतले बढ्ने गरेको फ्लोरिकल्चर एशोसिएसनका अध्यक्ष मीनबहादुर तामाङले बताउनुभयो ।

गएको वर्ष तीन अर्ब सात करोडको फूलको कारोबार भएको थियो । तिहारमा प्रयोग हुने मखमली र गोदाबरी फूल स्वदेशी उत्पादनले नै पुग्ने गरेको भए पनि सयपत्री र रातो गुलाफ भने छिमेकी भारतबाट ल्याउनुपर्ने बाध्यता छ ।

फूलको माग बढेपछि काठमाण्डौ उपत्यकासहित कास्की, चितवन, मकवानपुर, काभ्रे, गुल्मी, पाल्पा, धादिङ, मोरङलगायत ४८ जिल्लामा नर्सरी विस्तार भएका छन् । नेपालमा झण्डै दुई सय २१ हेक्टर क्षेत्रफलमा एक हजार एक सय १६ व्यवसायीले पुष्प खेती गरेका छन् ।

प्रकाशित : ११ भाद्र २०८०, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६