ब्रेकिंग न्युज

भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोवासीलाई लालपूर्जा वितरण गर्न नापजाँचमा तिब्रता




दाङ १२ भदौ । दाङको राप्ती गाउँपालिकामा जग्गाको नाप नक्सा गर्ने कार्य निरन्तर भई रहेको छ ।यसै क्रममा मंगलबार गाउँपालिकाको वडा नं। ४ र ८ मा नाप नक्साको काम एकै साथ सुरूवात गरिएको छ। पालिका भित्र रहेका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोवासीलाई व्यवस्थित गरि लालपूर्जा वितरण गर्ने उदेश्यले पालिकाले नाप नक्साको काम शुरु गरिएको हो ।राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले वडा नं।४ को बुढीचौर र ८ को मिलन डाँडामा जिपिएस प्वाइन्ट राखिएको ठाउँबाट जग्गा नाप जाँच गर्ने टोटल स्टेसन मेसिन सञ्चालन गरि नाप नक्साको कार्य शुरुवात गरेका हुन् । सो अवसरमा गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले जग्गा नापजाँच कार्य पछि वर्षै देखिको जग्गा सम्बन्धी समस्या समाधान हुने विश्वास व्यक्त गरे । निर्वाचनको समयमा समेत आफूले भूमि समस्याको समाधान गर्ने प्रतिबद्धता गरेको कुरा स्मरण गर्दै अध्यक्ष विष्टले जग्गा नापजाँच गरि तत्काल लालपुर्जा वितरण गरिने बताए ।
त्यस्तै पालिकाकी उपाध्यक्ष कमलापती चौधरीले नाप नक्सा गर्ने कार्यमा सबैको साथ र सहयोगको आवश्यकता रहेको बताइन् । पालिकाका प्रमुख प्रशासकीय अधिकृत नेवबहादुर ओलीले पालिकाको नौ वटै वडामा जग्गाको निस्सा वितरण कार्य भइ सकेको बताउदै निस्सा छुट भएका व्यक्तिहरुका लागि राष्ट्रिय भूमि आयोग दाङ सँग समन्वय गरेर अन्तिम पटक पुनस् निवेदन संकलन गर्नका लागि सूचना प्रकाशन गरिने बताइन् ।
हाल पालिकाको वडा नम्बर १, २, ३ र ९ मा जग्गाको नाप नक्सा गर्ने काम अन्तिम चरणमा पुगेको गाउँपालिकाका भूमि सेवा शाखाका प्रमुख बालचन्द्र गुरूङ्गले जानकारी दिए ।गाउँपालिका भरि ४ हजार ५ सय ६४ जना भूमिहिन दलित ,भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरु रहेका छन्।जसमध्ये ३ हजार ७ सय ७५ अब्यबस्थित बसोबासी, ५ सय ६९ जना भूमिहिन सुकुमबासी, २ सय २० जना भूमिहिन दलित रहेको शाखा प्रमुख गुरूङ्गले जानकारी दिएका छन् ।

प्रकाशित : १३ भाद्र २०८०, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६