ब्रेकिंग न्युज

संगठन विस्तारमा तिब्र अनेरास्ववियु कपिलवस्तु, बहुमुखी क्याम्पस कमिटी गठन



पशुपति गिरी ,कपिलवस्तु।
नेकपा एमालेको भातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) कपिलवस्तु बहुमुखी क्याम्पस कमिटीको अध्यक्षमा दुर्गेश चौधरी कुर्मी चयन भएका छन् । अनेरास्ववियु कपिलवस्तु बहुमुखी क्याम्पस कमिटी भेलाले चौधरी कुर्मीको अध्यक्षतामा २५ सदस्यीय कार्यसमिती चयन गरेको छ ।जसको उपाध्यक्षमा सुभावती कमारी कुर्मी,साधिका रौप्तास, मनिस कुमार पाण्डेय, सचिवमा अब्दुल समीम मनोहार ,सहसचिवमा प्रियंका गिरी ,खालिदा शेख,देवेन्द्र तिवारी र कोषाध्यक्षमा मेहमत र अन्य सदस्य पदमा चयन हुनुभएको छ ।

कार्यक्रममा बोल्दै अनेरास्ववियु जिल्ला सचिव तथा कार्यक्रमका प्रमुख अतिथी दिनेश चौधरीले विद्यार्थीहरुको हकहित र अधिकार सगैं समग्र देशलाई समृद्धतिर लैजाने पर्ने बताउनु भयो ।


अनेरास्ववियु कपिलवस्तु बहुमुखी क्याम्पस कमिटीका अध्यक्ष अब्दुल मुसलवानको अध्यक्षता त्यसैगरी अनेरास्ववियु जिल्ला सचिवालय सदस्य पशुपति गिरीको विशिष्ट अतिथीमा भएको कार्यक्रममा अतिथीहरुमा अनेरास्ववियु जिल्ला नेता शिवलाल ठाकुर ,अनेरास्ववियु कपिलवस्तु नगर कमिटी अध्यक्ष बैभव श्रीवास्तव त्यसैगरी कपिलवस्तु बहुमुखी क्याम्पसका सभापति राजेश अग्रहरी लगायतको अन्य विद्यार्थी नेताहरुको उपस्थित रहेको थियो ।

प्रकाशित : १३ भाद्र २०८०, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६