प्रदेश

प्रदेश अधिवेशनका निम्ति थप ४ सहित ७६ प्रतिनिधी




कपिलवतु, १३ भाद्र ।
नेकपा एमाले लुम्बिनी प्रदेश अधिवेशनका लागि प्रदेश स्तरका जनसंगठनबाट ४ प्रतिनिधी छनोट भएसंगै कपिलवस्तु जिल्ला बाट ७६ जनाले प्रतिनिधीत्व गर्ने भएका छन् ।

अधिवेशनका निम्ति प्रदेश स्तरका जनसंगठनबाट प्रतिनिधीको रुपमा भूमिअधिकार श्रमिक संगठनबाट मञ्जु चौधरी, मुस्लिम ईत्याद संगठनबाट रुकैया खातुन, ओविसीबाट सन्तोष कहाँर , लोकतान्त्रिक अपांगठ संगठनबाट हेमनाथ ज्ञवाली चयन हुनुभएको छ । प्रदेश स्तरका जनसंगठनबाट ४ जनाले प्रतिनिधीत्व गर्ने अवसर प्राप्त गरेसंगै कपिलवस्तु जिल्लाबाट कूल ७६ जनाले प्रतिनिधीको रुपमा सहभागिता जनाउने भएका छन् ।

अधिवेशनमा महिलाको प्रतिनिधित्व संख्या १७ जना, दलित प्रतिनिधित्व १२ जना र अन्य ४३ जनाले प्रदेश अधिवेशनमा प्रतिनिधीको रुपमा सहभागिता जनाउने एमाले जिल्ला अध्यक्ष डम्मर शर्माले जानकारी दिनु भयो ।

प्रकाशित : १३ भाद्र २०८०, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६