कपिलवस्तु १४ भदौ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले रक्षाबन्धन, जनैपूर्णिमा र गाईजात्रा पर्व भदौ १४ गते बिहीवार मनाउनुपर्ने जनाएको छ । यस वर्ष तिथिको घटबढका कारण दुई दिन पर्ने पर्व एकै दिन परेको समितिले जनाएको हो । बिहीवार सूर्य उदयकालमा पूर्णिमा रहेका कारण यसैदिन जनैपूर्णिमा र रक्षाबन्धन मनाउन समितिले आग्रह गरेको हो । विशेष गरी नेवार समुदायमा मनाइने गाईजात्रा पर्वका लागि केही पालिकाले आज जनैपूर्णिमा र आज बिहिवार गाईजात्रा अर्थात् सापारु पर्व मनाउने निर्णय गरेका छन् ।
तर यसपालि तिथि घटबढका कारण जनैपूर्णिमा र गाईजात्रा बिहीवार एकैदिन परेको समितिले विज्ञप्ति निकालेर जनाएको छ । यता अहिले जिल्लाको मुख्य मुख्य बजार तौलिहवा, ४नं., गजेहडा, ओदारी, चन्द्रौटा गोरुसिंगे लगाएतका बजार भरी ब्यापारीहरुले रंगीचंगी र थरीथरीका राखी बेच्न राखेका छन । तर फाटफुट मात्र ब्यापार भएको ब्यापारीहरुको गुनासो छ ।
१४ भाद्र २०८०, बिहिबार








प्रतिक्रिया