ब्रेकिंग न्युज

नक्कली बुवा वनाएर नागरिकता लिन खोज्ने भारतीय यूवा पक्राउ




नवलपरासी १४ भदौ । आफन्तलाई बुवा बनाएर नेपाली नागरिकता लिन खोजेको आरोपमा प्रहरीले पश्चिम नवलपरासीमा एक भारतीय युवकलाई नियन्त्रणमा लिएको छ । प्रतापपुर गाउँपालिका–६ का गौरीशंकर कुर्मीलाई बुवा बनाएर वडाबाट नागरिकताको सिफारिस लिएका भारतको उत्तर प्रदेश महाराजगञ्ज, मधवलियाका १९ वर्षीय राहुल कुर्मीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका डीएसपी भोजराज पाण्डेले बताए ।प्रतापपुर गाउँपालिका–६ का गौरीशंकर कुर्मीले आफ्नो सालीको छोरा राहुललाई आफू बुवा बनेर वडाबाट सिफारिस दिलाएका थिए ।

वडाको सिफारिस लिएर इलाका प्रशासन कार्यालय सेमरी जाँदा प्रशासनका कर्मचारीले शंका मानेर प्रहरी सर्जमिनका लागि पत्र काटेको र प्रहरीले बुझ्दा भारतीय नागरिक भएको भटिएपछि प्रहरीले नियन्त्रणमा लिएको हो ।पक्राउ परेका कुर्मीलाई नागरिकतासम्बन्धी कसुर उद्योगमा ५ दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको छ । भारतीय नागरिकलाई नागरिकताका लागि जन्म दर्ता र सिफारिस गरिदिने गौरीशंकर कुर्मी र वडाका जनप्रतिनिधि, कर्मचारीको विषयमा पनि अनुसन्धान गर्न सरोकारवालाले माग गरेका छन् ।

प्रकाशित : १४ भाद्र २०८०, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६