सन्तोषकुमार गुप्ता
भालुवाङ १४ भदौ ।राप्ती गाउँपालिकाले ज्येष्ठ नागरिकका लागि निःशुल्क एम्बुलेन्स सञ्चालनमा ल्याएको छ । निःशुल्क रूपमा एम्बुलेन्स सञ्चालन हुने भएपछि राप्ती गाउँपालिकामा बसोबास गर्ने ८० वर्षदेखि माथि उमेर समूहका ज्येष्ठ नागरिक, क र ख वर्गका अपाङ्गता भएका व्यक्ति, प्रसूति सेवाका लागि गर्भवती तथा सुत्केरी महिला, सडक दुर्घटनाका घाइते, सडक सहयोगापेक्षी मानवलाई सहज हुने भएको छ ।
एम्बुलेन्सले गाउँपालिकाभित्र मात्र सेवा दिने छ। ’बिरामी अन्यत्र लगेर जानु परेमा अर्को एम्बुलेन्स प्रयोग गर्नु पर्छ, राप्ती गाउँपालिका स्वास्थ्य शाखा प्रमुख नारायण राउतले भने । सिसहनिया स्वास्थ्य चौकीमा रहेको पुरानो एम्बुलेन्सलाई मर्मत गरेर गाउँपालिकामा ल्याइएको हो ।’स्वास्थ्य चौकीका लागि केही महिनापछि नयाँ एम्बुलेन्सको व्यवस्था गर्ने कुरा छ, राउतले भने, ’पहिले पनि गर्भवती र सुत्केरीलाई निःशुल्क सेवा प्रदान गर्दै आएका थियौं फेरि पनि यो कामलाई निरन्तरता दिने भनेर लागेका छौं ।’
गाउँपालिका अध्यक्ष प्रकाश विष्टका अनुसार यो एम्बुलेन्सले ८० वर्षदेखि माथि उमेर समूहका ज्येष्ठ नागरिक, क र ख वर्गका अपाङ्गता भएका व्यक्ति, प्रसूति सेवाका लागि गर्भवती तथा सुत्केरी महिला, सडक दुर्घटनाका घाइते, सडक सहयोगापेक्षी मानवलाई उपचारका लागि पालिकाभित्र रहेका सरकारी स्वास्थ्य संस्थासम्म निःशुल्क पुरÞ्याउने छ ।
१४ भाद्र २०८०, बिहिबार
प्रतिक्रिया