खोज–अनुसन्धान

सेवाग्राही ३ गुणाले बढे : आयुर्वेदिक गाउघर क्लिनिक अति प्रभावकारी बन्दै




भगवती न्यौपाने
कपिलवस्तु १४ भदौ । कपिलवस्तुको वाणगंगा नगरपालिका अन्तरर्गत एउटा मात्रै रहेको मोतिपुर आयुर्वेदिक औषधालयको गाउघर क्लिपनक अचि प्रभावकारी सिद्ध भएको छ । गाउँघर क्लिनीकमा २०७७/ ७८ मा ५ सय ७३ जना, २०७८/ ७९ मा ११ सय ९५ जना र २०७९/ ८० मा ३३ सय ९२ जनाले सेवा लिएपछि यसको प्रभावकारीता तीन ग’णाले बढेको हो । उति मात्र होइन समग्र आयूर्बेदीक उपचारप्रति आकर्षण बढ्दै गएको छ । आयुर्वेद बरिष्ठ कविराज निरीक्षक अधिकृत तेज बहादुर सोमैले विगतभन्दा दिन प्रति दिन आयुर्वेदप्रति नागरिकको आकर्षण बढ्दै बताउनु भयो । विशेषगरी ग्यास्ट्रिक, हाड जोर्नी तथा नसाको दुखाइ, लगायतका स्वास्थ्य समस्या लिएर बिरामी आउने गरेको उहाँले बताउनुभयो ।
औषधालयमा २०७७/ ७८ मा बहिरंग सेवा बिरामी संख्या ६ हजार ६ सय ७९ जना २०७८/ ७९ मा ६ हजार ८ सय १८, भने २०७९/ ८० मा ६०४१ जनाले सेवा लिएका छन् ।२०७७/ ७८ मा जेष्ठ नागरिक सेवा ३ सय ४८ जना २०७८/७९ मा १६ सय १९, रहेको छ भने २०७९/८० मा १६ सय २६ जनाले सेवा लिएका छन् ।
पुर्वकर्म सेवामा २०७७/ ७८ मा १ सय ८७ जना, २०७८/ ७९ मा ३ सय १९ जना रहेको छ भने २०७९/ ८० मा ३ सय ८१ जनाले सेवा लिएका छन् । स्तनपायी सेवा २०७७/ ७८ मा ४ सय ६९ जना, २०७८/७९ मा ३ सय ४९ जना रहेको छ भने २०७९/८० मा ६ सय २५ जनाले सेवा लिएका छन् । योग सेवा २०७८/७९ मा १ सय १८ जना रहेको छन् भने २०७९/८० मा ३ सय ९४ जनाले सेवा लिएका छन् । यस्तै विविध कार्यक्रम २०७७/ ७८ मा ४ सय ५५ जना, २०७८/७९ मा ५ सय १४ जना रहेको छन् भने २०७/८० मा ६ सय ८ जनाले सेवा लिएका छन् । निरीक्षक सोमैले औषधालयमा निशुल्क औषधि पाईने बताउदै विभिन्न ठाउँबाट सेवा लिन आएको बताउनु भयो ।

प्रकाशित : १५ भाद्र २०८०, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६