देश

चीनको नयाँ राजनीतिक नक्साले नेपालको राष्ट्रियतामाथि गम्भीर आँच पुग्योः जनमोर्चा



काठमाण्डौ, १५ भदौ । राष्ट्रिय जनमोर्चा पार्टीले चीनको नयाँ राजनीतिक नक्साले नेपालको राष्ट्रियतामाथि गम्भीर आँच पुगेको जनाएको छ ।

जनमोर्चाले विज्ञप्ति निकालेर नेपालको राष्ट्रियता, सार्वभौमसत्ता र अखण्डतामाथि गम्भीर आँच पुगेको भन्दै चीन सरकारको त्यसप्रकारको व्यवहारको कडा शब्दमा विरोध र भत्र्सना गरेको जनाएको छ ।

‘नेपालले २०७७ सालको जेठ ३१ गते दार्चुला जिल्लाको लिम्पियाधुरा, कालापानी र लिपुलेकसमेत समेटेर निकालेको नयाँ चुच्चे नक्सालाई २८ अगस्ट २०२३ मा चिनियाँ सरकारले जारी गरेको आफ्नोसहित विश्वको नक्सामा मान्यता नदिएकोमा हाम्रो पार्टी राष्ट्रिय जनमोर्चाको गम्भीर ध्यानाकर्षण भएको छ’, अध्यक्ष चित्रबहादुर केसीले निकाल्नु भएको विज्ञप्तिमा भनिएको छ ।

चीनले आफ्नो नक्सामा २०७७ साल जेठभन्दा अगाडिको नेपालको नक्सालाई राख्नु र विगतमा नेपाललाई जानकारी नै नदिइ भारतसँग लिपुलेक नाकालाई चीन र भारतका बीच व्यापारिक नाकाको रूपमा विकास गर्ने सम्झौता गर्नुले कालापानीको सवालमा चीनले समेत भारतको पोजिसनलाई घुमाउरो प्रकारले समर्थन गरेको जनमोर्चाको आरोप छ ।

प्रकाशित : १५ भाद्र २०८०, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६