महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्रराज आचार्यले सामाजिक सेवा ऐन परिवर्तन गर्ने तयारीमा रहेको बताउनुभएको छ ।शुक्रबार लोकतान्त्रिक गैरसरकारी संस्थाहरुको महासंघ–नेपालले काठमाडौंमा आयोजना गरेको देश बिकासमा नागरिक संस्थाहरुको संघीयकरण, भूमिका तथा चूनौति बिषयक अन्तक्र्रिया कार्यक्रममा बोल्दै मन्त्री आचार्यले करिव ६ बर्षदेखि उक्त ऐन अलपत्र परेको भन्दै आफुले नयाँ सामाजिक सेवा ऐन निर्माणका लागि पहल गरेको बताउनुभएको हो ।
उहाले गैरसरकारी संस्थाहरुलाई पारदर्शी बनाउनका लागि सरकारको ध्यान केन्द्रीत रहेको जिकिर गर्नुभयो । मन्त्री आचार्यले समाज कल्याण परिषद्को स्थापन भएयता बिभिन्न संस्थाहरुमार्फत गाँउ गाँउमा खरवौ रुपैयाका कार्यक्रम भएपनि त्यसको उपलव्धी भने देखिन नसकेको उल्लेख गर्नुभयो । पहुँचका भरमा बिभिन्न संस्थाहरुले मन्त्रालयमार्फत लिएर जाने बजेटलाई नयाँ नियम बनाएर सिधै स्थानीय तहका पठाउने व्यवस्था आफुले गरेको उहाले बताउनुभयो ।उहाले गैरसरकारी संस्थाहरुहरुको समस्या समाधानका लागि आफु प्रतिवद्ध रहेको र गैरसरकारी संस्थाहरुले जनताको आवश्यकता अनुसारको काम गरेर मुलुकको बिकासमा साथ दिनुपर्ने बताउनुभयो ।
१५ भाद्र २०८०, शुक्रबार
प्रतिक्रिया