खोज–अनुसन्धान

लुम्विनी प्रदेशको पहिलो अधिबेशनले सर्ब सहमत नेतृत्व दिन्छ : पोलिटब्यूरो घिमिरे




बुटवल,१५ भदौ ।नेकपा एमालेकी पोलिटब्यूरो सदस्य विमला घिमिरेले एमाले लुम्विनी प्रदेशको पहिदो अधिबेशनले कार्यकर्ताको भावना अनुसार सर्बसहमत नेतृत्व छनौट गर्ने वताउनु भएको छ । उहाले लुम्विनीका सबै केन्द्रिय सदस्यको भेलावाट सर्ब सहमत नेतृत्व छनौट गर्नु पर्ने माग भए वमोजिम शिर्ष नेतासंगको छलफलवाट लुम्विनीका लागि सक्षम नेतृत्व सर्ब सहमत रुपमा चयन हुने वताउनु भएकोछ । प्रेसपाटीसंग कुराकानी गर्दै नेता घिमिरेले एमालेका प्रतिनिधी २ खोमामा वाडिर मतदान गर्ने पक्षमा नभएको पाइएकाले सर्बसहमत रुपमा नेतृत्व छनौट गर्नु वाध्यात्मक भएको प्रष्टाउनु भयो । जनताको वहुदलिय जनवादले सकभर सर्ब सहमत त्यो ंिभवन नै नभएमा स्वच्छ प्रतिस्पर्धावाट नेतृत्व छनौट गर्ने निति अख्तियार गरेको स्पष्ट पार्दै सर्बसहमतकालागि केन्द्रिय नेताहरु एक भएको उहाले वताउनु भयो ।

यता नेपाल कम्युनिष्ट पार्टी (एमाले) लुम्बिनी प्रदेशको प्रथम अधिवेशनको तयारी पुरा भएको सो पार्टीले जनाएको छ । अधिवेशनको पूर्व सन्ध्यामा नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीले शुक्रबार बुटवलमा पत्रकार सम्मेलन गरि तयारी पुरा भएको जनाएको हो । यही भाद्र १६ गते देखि शुरु हुने दुई दिने प्रदेश अधिवेशनमा १००४ प्रतिनिधिहरु सहभागी रहने पार्टीका प्रदेश अध्यक्ष राधाकृष्ण कंडेलले जानकारी दिए । बि.सं.२०८० साललाई नेकपा एमालेले आफ्नो पार्टीको अधिवेशन वर्षका रुपमा घोषणा गरी अघि बढेको भन्दै उनले नेकपा एमालेको आफ्नो पार्टी जीवनमा यो प्रादेशिक अधिवेशन विविध कारणले अर्थपूर्ण हुँने बताए ।

सात वटा प्रदेशमध्ये लुम्बिनी प्रदेशले पहिलो पटक अधिवेशन गर्न लागेको जनाउँदै अध्यक्ष कंडेलले अधिवेशनले नेकपा (एमाले) को राजनीतिक जीवनलाई रक्त सञ्चार गर्न सफल हुने बिश्वास ब्यक्त गरे । अधिवेशनले पार्टी जीवनलाई संघीयढाँचा अनुरुपमा लगेर नयाँ नेतृत्व चयन गर्ने भएकोले यो आफैमा ऐतिहासिक महत्वको रहेको उनले बताए । पत्रकार सम्मेलनमा नेकपा एमाले केन्द्रीय सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज पद्मा अर्यालले अधिवेशनले सौहार्द रूपमा नयाँ नेतृत्व चयन गर्दै सम्पन्न हुने विस्वास ब्यम्त गरिन् । बुटवल स्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा हुने अधिवेशनको पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले उदघाटन गर्ने तयारी छ ।

उद्घाटन शत्रमा पार्टीका उपाध्यक्षहरु युवराज ज्ञवाली र विष्णुप्रसाद पौडेल,महासचिव कमरेड शंकर पोख्रेल,उपमहासचिव प्रदीप ज्ञवाली, सचिवहरु गोकर्ण विष्ट, छविलाल विश्वकर्मा एवं सचिव यस प्रदेशका इन्चार्ज कमरेड पद्मा अर्यालका साथै पोलिटब्युरो सदस्यहरु, केन्द्रीय सदस्यहरु, केन्द्रीय आयोगका पदाधिकारी तथा सदस्यहरुको सहभागीता रहने जनाइएको छ । प्रदेशको नेतृत्वका लागि हालका अध्यक्ष राधाकृष्ण कंडेल र हरी रिजाल मुख्य दाबेदारी देखिएका छन् । रिजाल एमाले महासचिव शंकर पोखरेल निकट मानिन्छन् भने कंडेल उपाध्यक्ष बिष्णु पौडेल निकट मानिन्छन् ।

प्रकाशित : १५ भाद्र २०८०, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६