खोज–अनुसन्धान

तीजका नाममा तडक भडक देखाएमा सामाजिक ब्यवहार सुधार ऐन अनुसार कारवाही : प्रजिअ आचार्य




कपिलवस्तु १५ भदौ ।बिशेष कार्यक्रमको नाममा तडकभडक र खर्चिलो तरिकाले तीजको कार्यक्रम नगर्न जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले आग्रह गरेको छ । प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले सुचना निकाल्दै खर्चिलो तथा भड्कीलो तरिकाले तीज विशेष कार्यक्रम नगर्न जिल्लाबासीहरूमा अनुरोध गरेका हुन । यस्ता कार्यक्रमले बिभिन्न बिकृति बिसंगति र सामाजिक अपराधलाई प्रोत्साहन दिएको भन्दै सार्वजनिक स्थल, पार्टी प्यालेसमा भोज भतेर राखेर रकम संकलन गर्ने उद्देश्यले दरखाने र मेला–महोत्सव आयोजना गर्ने काम रनगर्न पनि निर्देशन दिएको छ । सामाजिक अनुशानस कायम गर्न राजनीति दल,नागकि समाज, पेशगत संघ नागरिक समाज संचारकर्मी, महिला संजाल लगायतका संस्थाहरुलाई सहयोग गर्न अनुरोध समेत गरिएको छ ।

पछिल्ला वर्ष तीज पर्व मनाउने नाममा विभिन्न तडकभडक सहितका अत्यन्त खर्चिला तथा भड्कीला कार्यक्रम गर्ने परिपाटी मौलाउँदै गएको छ । त्यसले विभिन्न विकृति र सामाजिक अपराधलाई प्रोत्साहन पुगेको भन्दै प्रशासनले जिल्लाबासीलाई सचेत बनाएको हो । जिल्ला प्रशासन कार्यालयले सूचना विपरीत गरे–गराएमा सामाजिक ब्यवहार (सुधार) ऐन तथा निमयावली २०३३ तथा प्रचलित कानुन बमोजिम कारबाही गर्ने÷गरिने समेत जनाएको छ ।

प्रकाशित : १५ भाद्र २०८०, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६