खोज–अनुसन्धान

कपिलवस्तुका एसपी र डिएसपीको एकै साथ सरुवा को आउदैछ कपिलवस्तुमा ?

कपिलवस्तुका डिएसपी घलेको समेत सरुवा



कपिलबस्तुका प्रहरी प्रमुख सरुवा भएका छन् । उपरिक्षक बस्नेतको स्थानमा नवरत्न पौडेल सरुवा भएर कपिलवस्तु आउने गरी खटाइएका छन् । पौडेल लुम्विनी प्रदेश प्रहरीको मानव श्रोत ब्यवस्थापना शाखामा कार्यरत थिए । कलिवस्तुवाट सरुवा भएका बस्नेत भने कञ्चनपुर पुगेकाछन् । उनी नेपाल प्रहरी विशेष सुरक्षा गण महेन्द्रनगर कञ्चनपुरमा सरुवा भएका हुन् । कपिलवस्तुका डिएसपी मिन वहादुर घलेको समेत सरुवा भएको छ । डिएसपि घले लमजुङ सरुवा भएका छन् त्यो स्थानमा सरुव भई प्रदेश प्रहरी कार्यलय गण्डकीका गंगा वहादुर थापा कपिलवस्तु आएका छन् ।

नेपाल प्रहरीका ४८ जना प्रहरी उपरीक्षक (एसपी)हरू र १२० जना नायव प्रहरी उपरीक्षा (डीएसपी)हरूको सरुवा भएको छ ।प्रहरी महानिरीक्षकको शुक्रबारको निर्णय अनुसार केही जिल्ला कार्यालयका प्रमुखसहित ठूलो संख्यामा एसपी र डीएसपीको सरुवा भएको हो ।कास्कीका एसपी अजय केसीको नेपाल प्रहरी अंगरक्षक गण नक्साल सरुवा भएको छ भने बाराका एसपी होबिन्द्र बोगटीलाई केन्द्रीय अनुसन्धान व्युरो अनुसन्धान महाशाखामा सरुवा गरिएको छ ।यस्तै, दाङका प्रमुख वीरबहादुर ओलीलाई लुम्बिनी प्रदेश प्रहरी कार्यालय मानव स्रोत व्यवस्थापन महाशाखामा, रौतहटका एसपी वीरबहादुर बुढामगरलाई काठमाडौं उपत्यका प्रहरी कार्यालय तालिम शाखा रानी पोखरीमा पठाइएको छ ।

नुवाकोटका रमेश पण्डितलाई प्रदेश कार्यालयको अपराध अनुसन्धान शाखा भैरहवा, डोटीका राजेन्द्रप्रसाद धमलालाई प्रहरी प्रधान कार्यालयको कानुन शाखा सरुवा गरिएको छ ।पूर्वी नवलपरासीका एसपी भुवनेश्वर तिवारीलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान प्रशासन शाखा महाराजगंज, पश्चिम नवलपरासीका एसपी विनोद सिलवाललाई कोशी प्रदेश प्रहरी कार्यालय, कपिलवस्तुका प्रेमबहादुर बस्नेतलाई नेपाल प्रहरी विशेष सुरक्षा गण महेन्द्रनगर पठाइएको छ ।सुनसरीका प्रभुप्रसाद ढकाललाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान आधारभूत तालिम शाखा महाराजगंज, भक्तपुरका प्रजित केसीलाई प्रदेश कार्यालय वीरगंज, उदयपुरका ज्ञानेन्द्र फुयाललाई मानव बेचबिखन अनुसन्धान व्यूरोमा सरुवा गरिएको छ ।

प्रकाशित : १६ भाद्र २०८०, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६