खोज–अनुसन्धान

तीन ठूलादलको सिन्डीकेटले मुलुक असामान्य स्थितिमा : अध्यक्ष लिङ्देल




कपिलवस्तु १६ भदौ । राप्रपाका अध्यक्ष तथा पुर्व उपप्रधानमन्त्री राजेन्द्र लिङ्देलले तीन ठुला राजनितिक दलको सिन्डीकेटले गर्दा मुलुक अहिले असामान्य स्थितिमा गुज्रीरहेको बताएका छन । ठुला पार्टी भनाउदाहरु कै कारण मुलक अहिले नाजुक स्थितिमा पुगको उनले बताए । राप्रपा कपिलवस्तुद्धारा तौलिहवामा आयोजित नविन राप्रपा अन्तरक्रिया कार्यक्रया तथा बुहद पार्टी प्रबेश कार्यक्रममा माओबादी केन्द्र, जनमत र एमाले लगायतका पार्टी परित्याग गरी आएका सयौ कार्यकर्तालाई टिका लगाई पार्टीमा प्रबश गराए पछि सो कुरा बताएका हुन ।
उनले गहिरो संकट आई देश नै नरहने स्थिति सम्मको खतरामा पुगेको बताए । भ्रष्ट्रचार बढको र देशलाई धार्मिक द्धन्दमा फसाउन खोजिएको भन्दै अहिले जस्तो स्थिति ईतिहास मै कहिले नभएको बताए । बिदेशीहरुको चलेखल एकदमै बढेको र ०६२÷०६३ पछि मुलुकमा झन पछि झन बिदेशी हस्तक्षेप बढेको बताए । उनले अहिले बिदेशी शक्तिहरुको सहयोग बिना सरकार नै टिक्न नसक्ने सम्मको स्थिति आएको बताए । चलखेलकालागि बिदेशी राष्ट्रको प्रतिस्पर्धा नै चलेको र मुलुक शक्ति राष्ट्रको शिकार भएको बताए । ‘ मुलुक अहिले स्थिति पैदा हुनुमा बिदेशी राष्ट्रको योजना, चाहना र अभ्यासमा भईरहेको छ ’ उनले भने ‘ परंपराको नाममा चिढाउने काम भईरहेको छ, यो निन्दनीय छ ’ । उनले गलत परंपरालाई सुधार गर्दै लानु पर्ने बताए । मारामार गरे जस्तो गरे पनि भागबन्डा र कुरा मिले पछि तीन दल एउटै पार्टी जस्तै देखिने गरको उनले बताए । अहिलेको सरकारले भ्रष्ट्राचार बिरुद्ध केही काम सुरु गरे पनि आफनो मान्छे पर्ने देखिए पछि जोगाउन र चोख्याउन लागको उनको आरोप छ ।
‘ भ्रष्ट्रचारमा जोगाउनै नसके पछि पक्राउ गर्न लागाईन्छ ’ उनले भने ‘ भ्रष्ट्रचारमा ठुला पार्टीका मान्छै नै मुछिएका छन, भष्ट्रचारमा मिलेमतो छ ’ । देशलाई बचाउने, ९० प्रतिशत बढी हिन्दु रहेको नेपाललाई हिन्दु राष्ट्र घोषणा गर्ने अभियान चलाउनु पर्ने उनले बताए । राप्रपा उपाध्यक्ष रबिन्द्र मिश्रले सरकार र मन्त्री धेरै बदलिए पनि जनताको अवस्थामा खासै सुधार नआएको बताए । उनले अहिले देशको धर्म संस्कृति, सभ्यता, एकता स्वाधिनता, भौगोलिक अख्रन्डतामाथी नै प्रहार गरिएका बताए । उनले यसको जर्गेन गर्न नसकिए देशको अस्तित्वमाथी नै खतरा हुने बताए । उनले युवाहरुको बैदेशिक पलायन अझै नरोकिएको प्रति चिन्ता ब्यक्त गर्दै यसको दीर्घकालीन समाधान तर्फ लाग्नु पर्ने बताए । राप्रपा लुम्बिनी प्रदेश अध्यक्ष प्रदिप उदयले गणतन्त्रको नाममा लुटतन्त्र गरिएको आरोप लगाए । प्रचन्ड बिचलित मानसिकतामा पुगको उनको आरोप छ । राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाहीले बैदिक सनातनमाथी प्रहार भएकोले ईतिहास नै मेटिने डर भएको बताए ।
उनले राप्रपाको लडाई चुनाव जित्न र सरकार बनाउन मात्र नभएको बताए । उनले पहिले लुकीछिपी गरिने भ्रष्ट्रचार अहिले खुलेयाम गर्ने गरिएको उनले बताए । पार्टी जिल्ला अध्यक्ष नारायण बहादुर सिंहको अध्यक्षता, प्रेम शंकर शुक्लाको संचालनमा भएको कार्यक्रममा पार्टीका लुम्बिनी प्रदेश कोषाध्यक्ष कृष्ण पौडेल, पार्टी नेता तथा शिवराज नगरपालिका मेयर अजय थापा, नब प्रबेशी शत्रुघन बिलास सिंह चौधरी, घन श्याम पाठक, जितेन्द्र कुमार चौधरी लगायतले मन्तब्य दिएका थिए ।

प्रकाशित : १६ भाद्र २०८०, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६