बुटवल १८ भदौ, । बुटवलमा जारी नेकापा एमालेको प्रथम लुम्बिनी प्रदेश अधिबेशनको नेतृत्व चयन आज मंगलवार विहान ७ वजेवाट शुरु हुने मतदानवाट हुने भएको छ । सोमबार रातिदेखि हुने भनिएको मतदान मतपत्र छपाइमा भएको ढिलार्यले स्थगित गरिएको छ।रातको समयमा मतदान गराउँदा राम्रो सन्देश नजाने भएकाले तयारी नपुगेको मतदान स्थगित गरिएको निर्वाचन समितिले जनाएको छ । निर्वाचन समिति प्रमुख हरिप्रसाद भण्डारीका अनुसार मंगलबार बिहान ७ बजेदेखि मतदान सुरु गर्ने गरी सोमबार राति स्थगित गरिएको हो ।यसैगरी उपाध्यक्षमा कडेल पक्षवाट भोज प्रसाद श्रेष्ठ र रिजाल पक्षवाट विश्व बरालले उम्मेदवारी दिएका छन् । सचिवमा भने लक्ष्मण आचार्य भने निर्विरोध भएका छन् ।उनी दुबै खेमावाट सचिवमा परेपछि निविरोध भएका हुन् ।
अध्यक्षमा पाल्पाका राधाकृष्ण कँडेल र प्युठानका हरि रिजाल उम्मेदवार छन् । कँडेल पक्षले एमाले उपाध्यक्ष विष्णु पौडेलको र रिजाल पक्षले महासचिव शंकर पोखरेलको समर्थन रहेको बताउने गरेका छन् । सचिवबाहेक अध्यक्ष, उपाध्यक्ष र दुई उपसचिव तथा सदस्यहरुमा निर्वाचन हुने भएको छ । भदौ १६ र १७ गतेका लागि तय भएको प्रदेश अधिवेशन १९ गते मात्रै मतदान दुई दिन लम्बिएको छ ।निर्वाचनले ५ पदाधिकारी सहित २०५ सदस्यीय कार्यसमिति निर्वाचित गर्ने छ ।
१९ भाद्र २०८०, मंगलबार








प्रतिक्रिया