रुपन्देही १९ भदौ । एमालेको लुम्विनी प्रदेश अध्यक्ष्ँका प्रत्यासी हरि रिजालसंग जोडिएर आएका उम्मेदवारी बदर लगायतका समाचार सही थिए की गलत भन्ने यथार्थता केन्द्रिय निर्वाचन आयोगले प्रष्टाएको छ । जस अनुसार बुटवलमा जारी नेकपा एमालेको लुम्बिनी प्रदेश अधिवेशनमा अध्यक्ष पदका उम्मेदवार हरि रिजालको उम्मेदवारी सदर भएको छ ।निर्वाचन आयोगमा परेको उजुरी अध्ययन गरी पार्टी केन्द्र, संगठन विभाग, पार्टी निर्वाचन आयोग, स्वयं उम्मेदार र प्यूठानको पार्टी कमिटीसँगको छलफलपछि रिजालको उम्मेदारी सदर गरेको निर्वाचन समितिका प्रमुख हरि भण्डारीले बताए ।पाल्पाका प्रतिनिधि राजु श्रेष्ठले रिजालको पार्टी सदस्य प्यूठानबाट नरहेको भनी दिएको उजुरीमा छानबिन गरी निर्वाचन आयोगले पार्टी केन्द्रको समन्वयमा अहिले उम्मेदारी कायम राख्नेगरी अगाडि बढाउने निर्णय गरेको हो ।
‘सबैतिर अध्ययन गर्दा उहाँ प्यूठान बसिरहेको आधार भेटिएको र सबैको सामूहिक सल्लाहमा उम्मेदारी कायम गरिएको छ’ भण्डारीले भने । प्यूठानको नौबहिनी गाउँपालिका वडा नम्बर नं ६ का रिजालको विषयमा यसअघि जिल्ला पार्टीले निर्वाचन समितिलाई आधार प्रस्तुत गरेको थियो ।एमालेमा केन्द्रीय सदस्यको सदस्यता विवरण केन्द्रमा रहने व्यवस्था भएको र सोही व्यवस्था अनुसार रिजालको सदस्यता केन्द्रमै रहेको तर प्रतिनिधि र उम्मेदार भूगोलमा बन्न पाउने एमाले संगठन बिभागले जनाएको निर्वाचन समितिले जनाएको छ । अब यो विवाद सकिएसँगै निर्वाचनका अन्य प्रकृया अघि बढ्ने भएका छन् ।
१९ भाद्र २०८०, मंगलबार








प्रतिक्रिया