ब्रेकिंग न्युज

असोजको पहिलो साता कोरिया भाषा परीक्षा : २५०० कालागि ३६ हजार परीक्षार्थी




कपिलवस्तु १९ भदौ ।आगामी १ असोजमा कोरिया भाषाको परीक्षा हुने भएको छ। वैदेशिक रोजगार विभाग अन्तर्गतको रोजगार अनुमति प्रणाली (इपिएस)कोरिया शाखाले दक्षिण कोरियामा पानीजहाज कम्पनी अर्थात् ‘सिप बिल्डिङ’ मा जान आवेदन दिएकाहरूको भाषा परीक्षा १ असोजमा गर्न लागेको हो।कोरियामा ‘सिप बिल्डिङ’ को कामका लागि इपिएस कोरिया शाखाले गएको साउन २० गतेदेखि २४ गतेसम्म आवेदन आह्वान गरेको थियो।
इपिएस परीक्षाको लागि ३५ हजार ७०८ जनाले आवेदन दिएका छन्। आवेदन दिएकाहरुको भाषा परीक्षा असोज १ असोजमा चार सिफ्टमा सञ्चालन गर्ने तयारी छ।दक्षिण कोरिया मानव संसाधन विभाग (एचआरडी) ले नेपालबाट दुुई हजार पाँच सय कामदारलाई ‘सिप बिल्डिङ’ का लागि लैजाने गरी आवेदन माग गरेको थियो।

प्रकाशित : १९ भाद्र २०८०, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६