कृषि

कृषिमा गोरुको प्रयोग घट्यो, साढे १६ लाख किसानसँग ५८ हजार वटा ट्र्याक्टर



काठमाण्डौ, २१ भदौ । नेपालमा यन्त्र उपकरणको प्रयोग गरेर खेती गर्नेको सङ्ख्या निकै बढेको छ ।

२०६८ सालमा आठ लाख ४५ हजार किसान अर्थात् २२ प्रतिशत कृषि परिवारमा ट्र्याक्टर प्रयोग गरेकोमा २०७८ सालमा १६ लाख ३९ हजार अर्थात् ४० प्रतिशतले ट्र्याक्टरको प्रयोग गरेको देखिएको छ । २०६८ सालमा ३७ हजार कृषि ट्र्याक्टर रहेकोमा २०७८ सालमा बढेर ५८ हजार पुगेको गणनाले देखाएको छ ।

यस्तै, २०६८ सालमा जम्मा १० हजार पावर ट्रिलर रहेकोमा अहिले बढेर एक लाख १८ हजार वटा पुगेका छन् । देशभर कृषि कार्य गरेकामध्ये जम्मा सात प्रतिशत अर्थात् तीन लाख नौ हजार किसानले मात्रै सरकारी अनुदान पाएको बताएका छन्, यसमध्ये सबैभन्दा धेरै ४६ प्रतिशतले रासायनिक मलमा अनुदान पाएको बताएका गणना रिपोर्टमा उल्लेख छ ।

प्रकाशित : २१ भाद्र २०८०, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६