खोज–अनुसन्धान

कोशीवाट एमाले कांग्रेस नयाँ गठबन्धन हुने: उद्धव थापाले भने आधा आधा कार्यकालमा सहमति




विराटनगर २ भदौ, । कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री उद्धव थापाले नेपाली कांग्रेस र नेकपा एमालेले आधा आधा बाँडेर सरकार चलाउन संभव रहेको बताएका छन् ।नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीको शपथग्रहणपछि पत्रकारले उनलाई सोधेका थिए, ‘कांग्रेस र एमालेले सहमति गरेर आधा आधा कार्यकाल बाँड्ने गरी सरकार बनाउन सकिन्छ कि सकिँदैन ?त्यो प्रश्नको उत्तर दिँदै थापाले भने, ‘शीर्ष नेतृत्वबाट यस्तो निर्णय हुन सकेको छैन, तर यहाँले भनेको जस्तो संभव छ ।

’उनले कार्की नेतृत्वको सरकारले ३० दिन भित्रमा विश्वासको मत नपाएमा संविधानको धारा १६८ को उपधारा ५ अनुसारको सरकार बन्ने र त्यो सरकारको दाबी गर्न आफूसँग ४७ मत भएको उनले बताए ।धारा १६८ को उपधारा ५ अनुसारको सरकार आफूले बनाउने र विश्वासको मत नपाए कोशी प्रदेश मध्यावधीमा जाने पनि उनले बताए । तर आफूहरुले सकेसम्म मध्यावधीमा जान नपरे हुन्थ्यो भन्ने चाहेको थापाले स्पष्ट पारे ।

प्रकाशित : २२ भाद्र २०८०, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६