देश

तुलसीपुरका कर अधिकृत सापकोटा स्रोत नखुलेको २६ लाख रुपैंयासहित पक्राउ



दाङ, भदौ २५ । आन्तरिक राजश्व कार्यालय तुलसीपुरका कर अधिकृत खगेन्द्र सापकोटा स्रोत नखुलेको २६ लाख रुपैयाँसहित विमानस्थलबाट पक्राउ परेका छन् ।

सोमबार बिहान साढे ७ बजे बाँकेस्थित राँझा विमानस्थलबाट उनी पक्राउ परेका हुन ।

जिल्ला प्रहरी प्रबक्ता डिएसपी नारायण डाँगीले श्री एयरलाइन्सको जहाजमार्फत नेपालगञ्जबाट काठमाडौं जान लागेका सापकोटा चेकजाँचका क्रममा स्रोत नखुलेको २६ लाख रकम सहित पक्राउ परेका हुन ।

उनका साथमा रहेका अर्का कर्मचारी दीपक पौडेल भने भागन सफल भएको डिएसपी डाँगीले बताए ।

पक्राउ परेका सापकोटालाई थप अनुसन्धानका लागि अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय नेपालगञ्जमा बुझाइएको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित : २५ भाद्र २०८०, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६