खोज–अनुसन्धान

तीजलाई महंगो र भडकीलो बनाए सहभागी नहुने उपमेयरको घोषणा




सीता बेल्बासे
कपिलवस्तु २६ भदौ । परापुर्व काल देखि चल्दै आएको रितिरिवाज संस्कृती, परम्परा, नेपालीको गहनाको रुपमा तिज मनाउन वाणगंगा नगरपालिका उपप्रमुख रिता कुमारी चौधरीले अनुरोध गर्नु भएको छ । वाणगंगा नगरपालिका वाड न.२ वडा कार्यलयले पिपरामा मंगलबार आयोजना गरेको हरितालिका जितको अबसरमा शुभकामना तथा तिज बिशेष दरखाने कार्यक्रममा सहभागिता जनाउदै सोकुरा बताउनु भयो । पछिल्लो समय मौलिक संस्कृत मौलिक परम्परागत हराउदै गएको अबस्थामा यसको संरक्षण गर्नु आजको आबश्यकता रहेको उहाँले बताउनु भयो । तीजलाई महंगो र भडकीलो बनाए सहभागी नहुने उपमेयर थारुले घोषणा गर्नु भएको छ ।
महंगो होटेल तथा तडकभडक गरि तिजको नाउमा गहना प्रदर्शन गर्ने तिजको दर खाने चलन मौलाउदै गएको अवस्थामा भने वडाले मौलिक संस्कृतको जर्गेना गदै उहाले हरितालिका तिज महिला दिदीबहिनीहरुलाई एक आपसमा भेला भई खुसी साटासाट गर्ने र गित एवं कलाका माध्यमबाट आफ्नो बेदना प्रस्तुत गर्ने पर्वको रुपमा लिनु पर्ने बताउनु भयो ।वाड न २का अध्यक्ष विष्णु पौडेल ले विशेष गरी महिला दिदी बहिनिको चार्ड मात्रै नभई सबैको पर्वको रुपमा लिदै सबैको साथ आवश्यक रहेको बताउनु भयो । महिलाको सहभागि गराउने माध्यम पनि तिज भएकोले वडाले कार्यक्रम गरेको उहाँले जोड दिनु भयोकार्यक्रममा समाजसेवि सुरक्षाकर्मी स्वास्थ्यकर्मी महिला दिदी बहिनी पत्रकार लगायतको सहभागिता रहेको थियो भने .कार्यपालिका सदस्य शान्ता पाण्डेको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सन्चालन वडाका सचिव सन्तोस थापाले गर्नु भएको थियो ।

प्रकाशित : २७ भाद्र २०८०, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६