ब्रेकिंग न्युज

पहिलो पटक बन्यो स्वास्थ्यसम्बन्धी सबै कार्यक्रमको एकिकृत सञ्चालन मार्गदर्शन




घोराही २७ भदौ । लुम्बिनी प्रदेशको स्वास्थ्य मन्त्रालयले चालु आर्थिक वर्ष २०८०–८१ मा सञ्चालन हुने स्वास्थ्यसम्बन्धी कार्यक्रम सञ्चालन मार्गदर्शन तयार गरेको छ । स्वास्थ्य मन्त्रालय र मन्त्रालयअन्तर्गतका निकाय तथा कार्यालयबाट कार्यान्वयन हुने सबै कार्यक्रमको मार्गदर्शनलाई मन्त्रालय तहमा छलफल गरी अन्तिम रूप दिइएको हो । स्वास्थ्य मन्त्रालय र त्यसअन्तर्गतका स्वास्थ्य निकायबाट आर्थिक वर्ष २०८०–८१ मा सञ्चालन हुने एकीकृत स्वास्थ्य तथा सरसफाइ र प्रादेशिक अस्पताल सुदृढीकरण कार्यक्रमसँग सम्बन्धित कार्यक्रमको पारदर्शी, मितव्ययी, प्रभावकारी र व्यवस्थित सञ्चालनको सहजीकरणको लागि यो कार्यक्रम सञ्चालन मार्गदर्शन तयार गरिएको स्वास्थ्य सचिव डा. जनार्दन पन्थीले जानकारी दिनुभयो ।
उहाँका अनुसार चालु आर्थिक वर्ष स्वास्थ्य मन्त्रालय तथा कार्यालयबाट सञ्चालन हुने १ सय ७३ वटा कार्यक्रमको मार्गदर्शनमाथि छलफल गरिएको छ । छलफलबाट अन्तिम रूप दिइएको स्वास्थ्य मार्गदर्शन मन्त्रीस्तरीय निर्णयबाट स्वीकृत गरी कार्यान्वयनमा ल्याइने छ । स्वास्थ्य सचिव डा. पन्थीको अध्यक्षतामा भएको परामर्श बैठकमा स्वास्थ्य मन्त्री राजु खनालले प्रचलित ऐन नियमको परिधिमा रहेर पारदर्शी, मितव्ययी र छिटोछरितो तरिकाले कार्यान्वयन हुनेगरी मार्गदर्शन र कार्यविधि तयार गरिनुपर्ने बताउनुभयो ।
कार्यक्रम कार्यान्वयनका लागि निर्माण हुन बाँकी रहेको कार्यविधि एक साताभित्र निर्माण गर्न निर्देशन दिँदै मन्त्री खनालले योजना तथा कार्यक्रम कार्यान्वयनमा कुनै पनि किसिमको ढिलाइ नगर्न आग्रह गर्नुभयो । उहाँले मन्त्रालयले यस वर्षदेखि सुरु गरेका कार्यक्रम कार्यान्वयनका लागि नागरिकलाई सहज हुने विधि अपनाउन पनि मातहत निकायलाई निर्देशन दिनुभयो ।स्वास्थ्य सचिव डा. जनार्दन पन्थीले दुई वटा कार्यालयले एकै प्रकृतिको काम गरी दोहोरोपना हुने काम नगर्न निर्देशन दिनुभयो । स्वास्थ्य मन्त्रालयबाट सञ्चालन हुने २४, निर्देशनालयबाट सञ्चालन हुने ३२, आपूर्ति व्यवस्थापन केन्द्रबाट सञ्चालन हुने १९, तालिम केन्द्रबाट सञ्चालन हुने १६, अस्पतालबाट सञ्चालन हुने ४३, स्वास्थ्य कार्यालयबाट सञ्चालन हुने २२ र आयूर्वेद स्वास्थ्य संस्थाबाट सञ्चालन हुने १६ गरी १५७ वटा कार्यक्रमको मार्गदर्शन तयार भएको छ ।

प्रकाशित : २७ भाद्र २०८०, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६