तानसेन । पाल्पाको तानसेन नगरपालिका –७ को निर्माणाधीन चिस्यान केन्द्र १२ वर्ष देखी अलपत्र अवस्थामा छ । भारतीय राजदूतावासको चार करोड ९९ लाख ९१ हजार नौ सय पाँच रुपैयाँको लागतमा चिस्यान केन्द्र निर्माण गरिएको हो । चिस्यान केन्द्र सञ्चालनमा आउन नसक्दा जिल्लामा फलफूल, तरकारी उत्पादन गर्दै आएका किसान मर्कामा परेका छन् ।
तानसेन वाघखोरमा निर्माणाधीन चिस्यान केन्द्रको काम पुरा त भएको छैन नै संरक्षणको अभावमा भत्किँदै गएको तानसेन ७ प्रभासका मुक्ति भुषालले बताउनुभयो । चिस्यान केन्द्रको व्यवस्थापनका लागि सामान्य घेराबार समेत नहुँदा अहिले सवारी पार्किङ र कुकुर लगायतका पशु चौपाया बस्ने थलो बनेको छ । स्थानीय कृषक हरि पाण्डेले ७ रोपनी जग्गामा तरकारी खेती गर्दै आउनुभएको छ , उहाँले आफ्नो बारीमा सिजन अनुसारका तरकारी लगाउनुहुन्छ तर कहिलेकाहीँ तरकारी समयमा बेच्न नपाउँदा खेतबारीमै कुहिने बताउनुभयो ।
२७ भाद्र २०८०, बुधबार
प्रतिक्रिया