देश

राजकीय सम्मानसहित सुवासचन्द्रको अन्त्येष्टि, दुई छोराले दिए दागबत्ती



काठमाडौं, २८ भदौ । संविधानसभाका अध्यक्ष एवं नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ। स्व। नेम्बाङलाई उनका दुई छोराहरुले दागबत्ती दिएका छन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित दलका शीर्ष नेताहरु र सयौं शुभचिन्तकहरुले पशुपति पुगेर नेम्बाङको पार्थिव शरीरमा अन्तिम श्रद्धान्जली दिएका छन्।

नेम्बाङको पार्थिव शरिरमा प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय झण्डा र पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धान्जली अर्पण गरेका छन्। आज बिहान १ बजे नेम्वाङको निवास बालुवाटारबाट नेपाली सेनाले सलामीसहित शोक धुन बजाउँदै शवयात्रा सुरु गरि पशुपति आर्यघाट पुर्याइएको थियो।

७१ वर्षीय नेम्वाङले संविधान निर्माणमा पुर्‍याएको योगदानलाई सम्मान गर्दै सरकारले आज शोक मनाउन देशभर सार्वजनिक बिदा दिएको छ। नेम्बाङको सोमवार राति आफ्नै निवासमा हृदयघातका कारण निधन भएको थियो।

प्रकाशित : २८ भाद्र २०८०, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६