खोज–अनुसन्धान

अस्पतालमा प्रबेशगरी डाक्टरमाथि कुटपिट गर्ने ४ जना पक्राउ




मकवानपुर २८ भदौ हेटौँडामा दुई जना डाक्टरमाथि कुटपिट गर्नेमध्ये चार जना पक्राउ परेका छन् । कुटपिटमा संलग्न मृतककी श्रीमती रमा प्रधान, छोरी रमिता, छोरा रोहित र भतिजा अनुपलाई पक्राउ गरेको र अरूको भइरहेको प्रहरीले जनाएको छ । झन्डै एक महिनाअघि सञ्चो अस्पतालमा डेङ्गी भएका हेटौँडा–१२ पदमपोखरीका ४१ वर्षीय राजेश प्रधानको उपचारमा लापर्बाही भएको भन्दै उहाँका आफन्तले डाक्टरमाथि कुटपिट गरेका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिनुभयो । अस्पतालका अनुसार डेङ्गी पुष्टि भएका प्रधानको केही दिनपछि चितवनको भरतपुर अस्पतालमा उपचार भइरहेको थियो ।

प्रहरीका अनुसार उहाँको उपचारका क्रममा ज्यान गएको थियो । हेटौँडा उपमहानगरपालिका वडा नम्बर–१ मा रहेको अस्पतालमा कार्यरत डाक्टर विकास थापा र प्रशान्त बिडारीमाथि हिजो बुधवार बिहान कुटपिट भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । यसैबीच नेपाल चिकित्सक सङ्घले हेटौँडामा डाक्टर कुट्नेलाई ७२ घण्टाभित्र कानुनी दायरामा नल्याएमा देशभर आकस्मिकबाहेकका सबै सेवा बन्द गर्ने चेतावनी दिएको छ ।

प्रकाशित : २९ भाद्र २०८०, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६