देश

विश्वकर्मा पूजाका लागि कर्मचारीसँग २ सय रुपैयाँ उठाउँदै विद्युत् प्राधिकरण



काठमाडौं, २८ भदौ । नेपाल विद्युत् प्राधिकरणले १ असोजका दिन पर्ने विश्वकर्मा पूजाको प्रसाद बाँड्न प्रतिकर्मचारी २ सय रुपैयाँ पूजा खर्च संकलन गर्ने भएको छ ।

प्राधिकरणले मातहतका निकायलाई पत्र लेख्दै यस्तो जानकारी गराएको हो । प्राधिकरणका अनुसार विद्युत् प्राधिकरणको कार्यालय भित्र रहेको विश्वकर्मा मन्दिरमा १ असोजका दिन पूजा गरिने भएको छ ।

प्राधिकरणले बिहान १० बजेदेखि १२ बजेसम्म उपस्थिति भई टिका तथा प्रसाद ग्रहण गर्न मातहतका कर्मचारीलाई निर्देशन समेत दिएको छ ।

प्रधान कार्यालय, उपत्यका भित्र र उपत्यका बाहरिका कार्यालयका कर्मचारीले पूजा गरी प्रसाद ग्रहण गर्न प्रतिकर्मचारी २ सयका दरले पूजा सञ्चालन गर्नको व्यवस्था मिलाउन समेत प्राधिकरणले निर्देशन दिएको हो ।

हेर्नुहोस् परिपत्रः

प्रकाशित : २९ भाद्र २०८०, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६