खोज–अनुसन्धान

कपिलवस्तुमै पहिलो पटक रोवोर्टिक्स तालिम सञ्चालन गर्दै हिलवर्ट



कपिलवस्तु, ०१ असोज । हिलवर्ट इङ्लिस बोर्डिङ स्कुलले कपिलवस्तुमै पहिलोपटक ३ दिने रोवोर्टिक्स तालिम सन्चालन गर्ने भएको छ । बाणगंगा न.पा. वर्डा नं. २, पिपरामा अवस्थित यस विद्यालयले विद्यार्थीमा रहेको सृजनशिलता, उद्यमी सोंच र अन्वेषणात्मक क्षमता विकास गर्न यसखालको तालिमको आयोजना गरेको बताईएको छ ।

जिल्लाको पहिलो ‘क’ बर्गको विद्यालयको रुपमा परिचित हिलबर्टले नेपाल रोबोर्ट यसोसियसनको समन्वयमा यहि असोज ४, ५ र ६ गते तालिम आयोजना गर्ने विद्यालय संचालक समितिका अध्यक्ष दिपक खनालले जानकारी दिए । यस प्रोजेक्टलाई नेपालमै नमुना प्रोजेक्ट बनाउन सक्नेगरी सुरुवात गर्न लागिएको अध्यक्ष खनालले बताए । उनी भन्छन्-“यो पश्चिम नेपालमै नौलो सुरुवात हो । तालिममा विज्ञान, प्रविधि, आविष्कार, गणित, इन्जिनियरिङ लगायत उद्यमशिलताको विकास गर्दै पढाईलाई प्रविधि संग जोड्ने काम हुनेछ । एक विद्यार्थी एक सिप भन्ने नाराको साथ विद्यार्थीमा आधुनिक प्रविधिको विकास गराउन यो तालिम महत्वपुर्ण हुने छ ।”

विद्यालयका प्रबन्धक निर्देशक बुद्धी पौडेलले यस तालिमको आयोजनाले कपिलवस्तुमा नयाँ उर्जा थपेको बताउँदै विद्यार्थीहरु तालिममा सहभागि हुन उत्साहित भएको बताए । उनका अनुसार अहिले विद्यालय भित्रका विद्यार्थीहरुलाई यो तालिम दिने र आगामी दिनमा जिल्ला भरका विद्यार्थीलाई सहभागि गराउने गरी काम गरिने छ ।

तालिमको पहिलो दिन असोज ४ गते हुने उद्घाटनसत्रमा यस क्षेत्रका सरोकारवालालाई बोलाईएको पौडेलले बताएका छन् । हिलवर्ट बोर्डिङ गुणस्तरिय शिक्षा प्रदान संगै अतिरिक्त क्रियाकलापमा पनि अगाडी रहेको बिद्यालयको रुपमा चिनिन्छ । यस अघिपनि विद्यालयले थुप्रै रचनात्मक कार्य गरिरहेको छ ।

प्रकाशित : १ आश्विन २०८०, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६