अर्थ-वाणिज्य

कोशीका २ पूर्व मुख्यमन्त्रीको वान टु वान वार्ता : सरकारलाई स्थायित्व दिन आलोपालोको प्रस्ताव




धरान १ असोज । कोशी प्रदेशका पूर्वमुख्यमन्त्रीद्वय शेरधन राई र राजेन्द्र राईबीच धरानमा भेटवार्ता भएको छ। आइतबार राती एमाले स्थायी कमिटी सदस्य र एकीकृत समाजवादीका सचिव बीच धरान उपमहानगरपालिका १५ स्थित धरान किचन होटलमा भेट भएको हो। भेटमा शेरधनले राजेन्द्रलाई पुनस् कोशी प्रदेशको मुख्यमन्त्री बन्न प्रस्ताव गरेका छन्। उनले कोशी प्रदेशको हिक्मत कार्की नेतृत्वको सरकारलाई विश्वासको मत दिएर आलोपालोमा मुख्यमन्त्री बन्न राजेन्द्रलाई प्रस्ताव गरेका थिए। एमाले विभाजन दुई नेताको यो पहिलो भेट हो। सर्वोच्च अदालतले गठबन्धनका मुख्यमन्त्री उद्धव थापालाई हटाएर एमालेका हिक्मत कार्कीलाई मुख्यमन्त्री बनाउन आदेश दिएपछि शेरधनले विश्वासको मत लिनका लागि राजेन्द्रलाई भेटेको स्रोतको भनाई छ।
दुई नेतालाई भेट गराउन नेकपा एसका नेता पिताम्बर तिम्सिनाको मुख्य भुमिका रहेको छ। शेरधनले कोशी प्रदेशमा मध्यावधि निर्वाचनमा जाँदा अस्थिरता आउने भन्दै आलोपालोमा मुख्यमन्त्री बनेर सरकारको नेतृत्व गर्न प्रस्ताव गरेको राजेन्द्रले बताएका छन्। उनीहरुले भोजपुरको विकासका विषयमा पनि छलफल गरेको बताए।राजेन्द्रले अहिले एमालेविरुद्ध गठबन्धनमा आबद्ध दलहरु एक भएकाले कार्की नेतृत्वको सरकारलाइ समर्थन जनाउन नसकिने जवाफ दिएका थिए। शेरधनले एउटै जिल्लाबासी भएका नाताले कोशी प्रदेश सरकार र भोजपुरको समग्र विकासका विषयमा छलफल भएको बताए।

प्रकाशित : १ आश्विन २०८०, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६