खोज–अनुसन्धान

विश्वप्रकाश र प्रदीप सहित शेखर समुहको बैठक आज



काठमाडौं २ असौज । नेपाली कांग्रेसका नेता शेखर कोइराला समूहको बैठक आज (मंगलबार) बस्दै छ । बैठक शेखरको सम्पर्क कार्यालय बालुवाटारमा दिउँसो २ बजे बस्ने भएको छ ।बैठकमा महामन्त्री विश्वप्रकाश शर्मा र नेता प्रदीप पौडेललाई पनि बोलाइएको छ । उनीहरूलाई समूहको बैठकमा पहिलो पटक बोलाइएको एक नेताले जानकारी दिए ।‘सिटौला छाडेपछि प्रदीप हामीतिरै छन् । विश्वजीलाई पनि बोलाएका छौँ’, उनले भने, ‘उहाँहरू हामीसँग हुनुहुन्छ भन्ने पटक पटकको सहकार्यले देखाइसकेको छ । बोलाएका छौँ, आउँछौँ भन्नु भएको छ ।’पार्टीको १४औँ महाधिवेशनमा शर्मा प्रकाशमान सिंहको टिमबाट महामन्त्री लडेका थिए । पौडेल देउवा टिमबाट महामन्त्री लडेर पराजित भएका थिए । बैठकमा असोज ४ गतेबाट बस्ने केन्द्रीय समिति बैठक, समूहको गतिविधि, रूपान्तरण अभियानलगायत विषयमा छलफल हुने नेताहरू बताउँछन् ।

प्रकाशित : २ आश्विन २०८०, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६