देश

शासन ब्यवस्था परिवर्तनमा सेल्टरदाता आचार्यको महत्वपूर्ण योगदानः प्रतिनिधी सभा सदस्य अधिकारी




कपिलवस्तु, ३ असोज ।
पञ्चायति शासन ब्यवस्था परिवर्तनका निम्ति सेल्टरदाता स्व.मनकला आचार्यको महत्वपूर्ण योगदान रहेको नेकपा (एमाले)का केन्द्रिय सदस्य एवम् कपिलवस्तु निर्वाचन क्षेत्र नं. १ का प्रतिनिधी सभा सदस्य बलराम अधिकारीले बताउनु भयो । स्व.मनकला आचार्यको संझनामा नेकपा (एमाले) जिल्ला कमिटी कपिलवस्तुद्धारा आयोजित श्रद्धाञ्जली सभामा यस्तो बताउनु भएको हो । प्रतिनिधी सभा सदस्य बलराम अधिकारीले सेल्टरदाता स्व.मनकला आचार्यको योगदानको चर्चा गर्दै विगतमा पार्टीलाई ब्यत्तिले पु¥याएको योगदानको पार्टीले सधै कदर गर्ने धारणा राख्नु भयो ।


यस्तै श्रद्धाञ्जली सभामा एमाले नेता एवम् पूर्व जिल्ला अध्यक्ष झविलाल पोख्रेलले स्व. मनकला आचार्य र सिंगो आचार्य परिवार नेकपा (एमाले) का निम्ति प्रेरणाको श्रोतको रुपमा रहेको चर्चा गर्दै आचार्य परिवारसंगै सधै पार्टी साथमा रहने विश्वास ब्यक्त गर्नु भयो । नेता पोख्रेलले भग्लापुर गाउँ एउटा लाल किल्लाको पहिचानका रुपमा विगतको पृष्ठभूमि रहेको चर्चा गर्नु भयो ।


श्रद्धाञ्जली सभामा नेकपा (एमाले)का जिल्ला अध्यक्ष डम्मर शर्माले भूमिगत कालमै पार्टी नेता, कार्यकर्ताको संरक्षणमा स्व. मनकला आचार्य र उहाँको परिवारले खेल्नुभएको भूमिकाको स्मरण गदैं सदा पार्टीले उहाँले योगदानको कदर गर्ने बताउनु भयो ।


श्रद्धाञ्जली सभामा एमाले बाणगंगा नगर कमिटी अध्यक्ष यूवराज पोख्रेलले स्व. मनकला आचार्यको जीवनी बाचन गर्दै तत्कालिन पञ्चायति शासनका विरुद्ध पार्टीका नेता, कार्यकर्तालाई बचाउनका निम्ति त्यस परिवारले खेलेको भूमिका सिंगो पार्टी र समाजका निम्ति निकै महत्वपूर्ण रहेको प्रस्तुत जीवनीमा उल्लेख गरिएको थियो । स्व. आचार्यका ३ छोरा र ४ छोरी गरी ७ सन्तान रहेका छन् ।


मनकला आचार्यको ९७ वर्षको उमेरमा मंगलबार आफ्नै निवास भग्लापुरमा निधन भएको थियो । सभा मार्फत स्व. मनकला आचार्य प्रति भावपूर्ण श्रद्धाञ्जली ब्यक्त गर्दै शोकसन्तप्त परिवारजन प्रति गहिरो समवेदना प्रकट गरिएको नेकपा (एमाले) जिल्ला उपाध्यक्ष विश्राम प्रसाद चौधरीले जानकारी दिनु भयो ।


नेकपा (एमाले) जिल्ला सचिव सिवि गहतराजको संचालनमा सम्पन्न श्रद्धाञ्जली सभामा एमाले प्रदेश नेता खुम प्रसाद आचार्य, जंजिर प्रसाद चौधरी, धर्मराज भुसाल, द्रोणराज सुवेदी एमाले नेता बाबुराम खनाल लगायतका एमाले जिल्ला एवम् स्थानिय तहका नेता, कार्यकर्ता, शुभेच्क्षुकहरुको महत्वपूर्ण उपस्थिती रहेको नेकपा (एमाले) जिल्ला प्रचार तथा प्रकाशन विभाग प्रमुख लक्ष्मण बेल्बासेले बताउनु भयो ।

प्रकाशित : ३ आश्विन २०८०, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६