पार्वती पाण्डे
कपिलवस्तु ३ असोज ।नेकपा एमालेका पोलिटब्युरो सदस्य एवं राष्ट्रिय सभा सदस्य विमला घिमिरेले संविधानलाई कार्यान्वयन सँगै समृद्धिसँग जोड्नु पर्ने बताउनु भएको छ । संविधान जारी भएको ८ वर्ष पुगेको सुखद अवसरमा नेकपा एमाले जिल्ला कमिटि कपिलवस्तुले ४ नं जितपुर पार्टी कार्यालयमा आयोजना गरेको कार्यक्रमलाई संबोधन गर्दै नेता घिमिरेले यस्तो बताउनु भएको हो । संविधानको रक्षा गर्दै कार्यान्वयनका लागि जोड दिनु पर्ने उहाँको धारणा थियो ।
उहाँले अगाडि भन्नु भयो , “संविधान कार्यान्वयन गर्दा समृद्धिसँगै जोडिन सक्यो भने जनताका जनजिविका फेरिने छ ।” समृद्धिका लागि देशमै युवाहरुलाई रोजगार , व्यापार व्यवसायका लागि राम्रो वातावरण , उद्योग धन्दाको विकास , दिर्घकालिन योजना सहितको विकासमा सरकारले जोड दिनु पर्ने बताउनु भयो । समृद्ध नेपाल , सुखी नेपालीको नारालाई साकार पार्न संविधान कार्यान्वयनमा सबैले सहयोग पुर्याउनु पर्ने जनाउनु भयो । अब नेकपा एमालेको मिशन २०८४ निर्वाचन रहेको बताउदै देशको आर्थिक समृद्धिका लागि नेकपा एमाले लागि पर्ने जनाउनु भयो । नेकपा एमाले पाटी भए पनि यो राष्ट्रको अभिभावक रहेको नेता घिमिरेले प्रष्ट्याउनु भयो ।
कार्यक्रममा बोल्दै पाटीका केन्द्रीय सदस्य एवं नवलपरासी इन्चार्ज वलराम अधिकारीले संविधानमा भएका सबै कुराहरु कार्यान्वयन गर्न सकेमा जनताहरु सबै सुखी हुने बताउनु भयो । संविधानमा सक्नेलाई काम नसक्नेलाई दाम स्पष्ट रुपमा लेखिएको हुदा यस ऐतिहासिक संविद्यानलाई कार्यान्वयन गर्न सबैले जोड दिनु पर्ने बताउनु भयो । संविद्यान जारी गर्दा एउटा सक्षम दक्ष राष्ट्रप्रेमी स्वर्गीय सुवास नेङवाङको ठुलो योगदान रहेको भन्दै उहाँ प्रति श्रदासुमन व्यक्त गर्नु भयो । देशमा संघियता लागु भए सँगै स्थानीय , प्रदेश र संघ तिन तहका सरकार भएकोले जनतालाई सेवा लिन सहज भएको प्रतिनिधि सभा सदस्य समेत रहनु भएका अधिकारीले जिकिर गर्नु भयो । यद्यपी अझै थुप्रै कानुन बन्न बाँकी रहेको हुदा ति कानुन बनाउन तिन तहकै सरकारले ढिलाई गर्न नहुने बताउनु भयो । 
कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला अध्यक्ष डम्मर शर्माले संविधान दिवसको शुभकामना दिदै जनप्रतिनिधिहरुले जनताको भावना अनुरुप काम गर्नु पर्ने बताउनु भयो । जनताका कुरा सुन्ने र उनीहरुका समस्या समाधान गर्न पहल गर्न जनप्रतिनिधिहरु चुक्न नहुने अध्यक्ष शर्माले बताउनु भयो । पाटी उपाध्यक्ष विश्राम प्रसाद थारुले देशको ऐतिहासिक संविद्यानलाई कार्यान्वयन गर्नु हामी सबैको दायित्व भएको बताउनु भयो । पाटी उपसचिव शुसिला दर्लामीको सञ्चालनमा कार्यक्रम गरिएको थियो । कार्यक्रममा केन्द्रीय नेता कार्यकर्ताको उत्साहजनक रुपमा उपरिस्थती रहेका जिल्ला प्रचार तथा प्रकाशन विभागका प्रमुख लक्ष्मण बेल्बासेले जानकारी दिनु भयो ।








प्रतिक्रिया