ब्रेकिंग न्युज

संस्कृतीको संरक्षण र प्रवर्धनमा अध्यक्ष शर्माको जोड



कपिलवस्तु, आश्विन ७ गते
नेकपा (एमाले) कपिलवस्तुका जिल्ला अध्यक्ष डम्मर शर्माले आदिवासी थारु जातिको महत्वपूर्ण पर्व वडकी अँटवारी २०८० सालको अवसरमा शुभकामना सन्देश जारी गर्नु भएको छ ।
अध्यक्ष शर्माद्धारा जारी वडकी अँटवारी पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहनुहुने भूमि पुत्र आदिवासी थारु जाति एवम् सम्पूर्ण नेपालीहरुप्रति शुभकामना ब्यक्त गर्दै पर्वका माध्यमबाट सुसंस्कारयुक्त समाज निर्माणको वडकी अँटवारी पर्वले हामि सबैमा प्रेरणा प्रदान गर्ने शुभेच्क्षा प्रकट गर्दछौं भनिएको छ ।
जारी सन्देशमा सबै जात, जाती, भाषा, भाषि, वर्ग समुदाय बीच भाइचारा एकता, सदभाव, सहकार्य कायम गर्दै सबै धर्म, संस्कृतीको प्रवर्धन, संरक्षण, विकास संगै समृद्ध नेपाल, सुखी नेपालीको जनचाहना पुरा गर्नका निम्ति यस्ता पर्वहरुले राजनैतिक दल, तीनै तहका सरकार , नागरिक समाजलाई थप जिम्मेवार बन्नका निम्ति अझ उत्साह थप्ने विश्वास ब्यक्त गर्दछौं भनिएको नेकपा (एमाले) जिल्ला प्रचार तथा प्रकाशन विभाग कपिलवस्तुले जनाएको छ ।

प्रकाशित : ७ आश्विन २०८०, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६