खोज–अनुसन्धान

कपिलवस्तुमा बजेट खर्च हुन गाह्रो : कृषिको ६० र पशुको ६५ प्रतिशत बजेट मात्र खर्च




कपिलबस्तु, १० असोज । कपिलवस्तुमा सरकारी कार्यलयले समयमै बजेट खर्च हुन नसक्दा कुल वजेटको ठूलो हिस्सा खर्च नहुने गरेको पाइएको छ । जस अनुसार कपिलवस्तुमा कृषिको ६० र पशुको ६५ प्रतिशत बजेट मात्र खर्च भएको छ । भेटनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र र कृषि ज्ञान केन्द्रको कपिलवस्तुको तौलिहवामा चालु आर्थिक बर्ष २०८०÷०८१ कोे संयुक्त रुपमा कार्यक्रम तथा बजेटको सार्वजिनिकीरण कार्यक्रम गत वर्षको वजेट खर्चको समेत विवरण सार्वजनिक गरिएकोहो ।सो अवसरमा दुबै निकायले चालु आर्थिक बर्षका लागि कपिलवस्तुमा बिनियोजित बजेट तथा कार्यक्रमका बारेमा जानकारी गराएका थिए । पशु सेवा बिज्ञ केन्द्रका प्रमुख बिष्णु प्रसाद खनालले चालु आर्थिक बर्षमा बिभिन्न ७ शीर्षकमा ६ करोड ११ लाख ३७ हजार बजेट बिनियोजन गरिएको बताए । गत आर्थिक बर्ष बार्षिक बजेट ५ करोड ७५ लाख ६८ हजार ४३४ मध्ये ३ करोड ७२ लाख ५० हजार ३६४ (६४.७१ प्रतिशत ) रकम खर्च भएको थियो । स्मार्ट कृषि गाउमा ५४ लाख ४९ हजार बिनियोजत रहेकोमा १ दशमलव १४ खर्च भएको थियो ।
चालु आर्थिक बर्षका लागि कृषि ज्ञान केन्द्रमा बिभिन्न ६ शीर्षकमा ६ करोड ३६ लाख ४० हजार मात्र बजेट बिनियोजन भएको ज्ञान केन्द्र प्रमुख भास्कर पौडेलले बताए । गत आर्थिक बर्ष ८ करोड १६ लाख २६ हजार बजेट मध्ये ५९ . १२ प्रतिशत मात्र खर्च भएको थियो ।सो अवसरमा जिल्ला समन्वय उप प्रमुख रमेश कुर्मीले कृषि क्षेत्रमा बजेट बढाउनुको साटो घटाइएकोमा दुःख ब्यक्त गरे । उनले जिल्लाको कृषि क्षेत्रको विकासका लागि सिचाईको सुबिधा बढाउनु पर्ने र वास्तविक कृषकहरुलाई अनुदान दिनु पर्ने बताए । कार्यक्रममा शुद्धोधन गाउपालिका अध्यक्ष कमलेश शरण चौधरीले सरकारले गरेको लगानी अनुसार प्रतिफल नेदेखिएको बताए । उनले पारदर्शीरुपमा काम अघि बाढए मात्र प्रतिफल मिल्ने बताए । उनले दोहोरोपन हटाउन समन्वय गर्नु पर्ने बताए ।कार्यक्रममा बाणगंगा नगरपालिकाकी उप प्रमुख रीता चौधरीले तीनै तहको सरकारले कृषि क्षेत्रलाई प्राथमिकतामा राख्नु पर्ने बताईन । उनले सिचाई मलखादको सरकारले प्रबन्ध गर्नु पर्ने बताईन । जिल्लाको कुल जन संख्या ६ लाख ८२ हजार ९६१ मध्ये ६ लाख १८ हजार ६५ कृषिमा आश्रित तथा ६५ दशमलव ८६ प्रतिशत परिवार कृषक परिवार संख्या रहेका छन । दुधमा आत्मनिर्भर रहे पनि मासु अन्डा र माछामा भने परनिर्भर रहेको छ ।
जिल्लामा कुल ८३ हजार खेतीयोग्य जमिन मध्ये ८१ हजार ५७६ हेक्टरमा खेती गरिएको छ । गत बर्ष गहुको उत्पादनमा कमी आए पनि धान, आलु, तोरी, च्याउ, तरकारीको उत्पादनमा भने बृद्धि भएको थियो । युरिया डिएपी र पोटास गरी जिल्लामा ६५ हजार २५३ मेट्रिक टन आवश्यक रहे पनि १० हजार ७९ दशमलव ५ मेट्रिक टन मात्र आपुर्ति भएको छ ।खाद्यान्नमा न्युन मात्र बचत भएको देखिन्छ । कुल खेती योग्य जमिन मध्ये ५५ प्रतिशत मात्र सिंचाई सुबिधा रहेको छ । कृषि ज्ञान केन्द्रका प्रमुख पौडेलको अध्यक्षता, महेन्द्र ओझाको संचालनमा भएको कार्यक्रममा प्रजिअ शंकरहरि आचार्य, जिल्ला समन्वय प्रमुख भुमीराम पोख्रेल लगायतकाको सहभागीता रहेको थियो ।

प्रकाशित : १० आश्विन २०८०, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६