ब्रेकिंग न्युज

एमाले कार्यकर्ता भण्डारीको संझनामा श्रद्धाञ्जली सभा



आश्विन १० , कपिलवस्तु
नेकपा (एमाले) कपिलवस्तुका संगठित पार्टी सदस्य एवम् समाजसेवी विष्णु प्रसाद भण्डारीको संझनामा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ । स्व. भण्डारीको संझनामा लोहरी वगियामा बुधबार ७ औं दिनको स्मृतिमा नेकपा (एमाले) बाणगंगा वडा नं. ५ को आयोजनामा श्रद्धाञ्जली सभाको आयोजना गरिएको हो ।भण्डारीको विहिबार ७१ वर्षको उमेरमा आफनै निवास लोहरिवगियामा आश्विन ४ गते निधन भएको थियो । श्रद्धाञ्जली सभामा नेकपा (एमाले) केन्द्रिय सदस्य एवम् प्रतिनिधी सभा सदस्य बलराम अधिकारी, नेकपा (एमाले) कपिलवस्तुका जिल्ला अध्यक्ष डम्मर शर्मा, नेकपा (एमाले) नेता एवम् एमाले कपिलवस्तुका पूर्व जिल्ला अध्यक्ष झविलाल पोख्रेल, समाजसेवी शसि सापकोटाले शोक मन्तब्य राख्नु भएको थियो ।


शोक मन्तब्य राख्नुहुने बक्ताहरुले स्व. भण्डारीको निधनबाट सिंगो पार्टी स्तब्ध एवम् शोकाकूल भएको र एक होनहार अनुशासित पार्टीको कार्यकर्ता गुमाउदा सिंगो पार्टी र समाजलाई क्षती पुगेको बताउनु भयो । सभामा स्व. विष्णु प्रसाद भण्डारी प्रति भावपूर्ण श्रद्धाञ्जली ब्यक्त गर्दै शोकसन्तप्त परिवारजन प्रति गहिरो समवेदना प्रकट गरिएको थियो । स्व. भण्डारीका ५ छोरी र १ छोरा गरी ६ सन्तान रहेका छन् ।


वडा कमिटी अध्यक्ष बाबुराम अर्यालको अध्यक्षता, एमाले जिल्ला कमिटी सदस्य भिष्मराज भुसालको संचालनमा सम्पन्न श्रद्धाञ्जली सभामा बाणगंगा नगरपालिका प्रमुख एवम् एमाले नेता चक्रपाणी अर्याल, धर्मराज भुसाल, धनु अधिकारी विश्राम प्रसाद थारु, शंकर पाण्डे, युवराज पोख्रेल, रिता थारु लगायतका नेता, कार्यकर्ता, शुभेच्छुक एवम् स्थानियबासीको उपस्थिती रहेको एमाले बाणगंगाले जनाएको छ ।स्व.विष्णु प्रसाद भण्डारी झण्डा माध्यमिक विद्यालयको पूर्व विद्यालय ब्यवस्थापन समितिको अध्यक्ष हुनुहुन्थ्यो । स्व. भण्डारी राजनैतिक एवम् सामाजिक क्षेत्रमा निरन्तर क्रियाशिल रहदै आउनु भएको थियो

प्रकाशित : १० आश्विन २०८०, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६