प्रदेश

नेपालको भू–राजनैतिक पेचिलो अवस्थामा रहेको छः शाक्य



भुपाल थापा
कपिलवस्तु, ११ असोज ।

देशको वर्तमान भू–राजनैतिक अवस्था पेचिलो अवस्थामा रहेको नेकपा माओवादी केन्द्रका केन्द्रिय सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज हितमान शाक्यले बताएका छन् । जनतासँग माओवादी बिशेष रुपान्तरण अभियान अन्र्तगत नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) जिल्ला समन्वय समिति कपिलवस्तुको पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले बर्तमान भू–राजनैतिक चक्रका कारण सरकारमा बसेर काम गर्न समेत जटिलता पैदा भएको समेत तर्क गरे ।

सम्बोधनकै क्रममा इन्चार्ज शाक्यले सामाजिक सत्ता मजबुद भएमा जनताका खास मागको सम्बोधन गर्न सकिनेमा जोड दिए । स्थानीय सामाजिक सत्ता निर्माण गर्दै पार्टीका कार्यकर्ता एवं समुदायका ब्यक्तिहरुको उपस्थिती बिभिन्न क्लब, युवा समुह, महिला तथा आमा समुह, बिद्यालय, सहकारी संघसंस्था, उपभोक्ता समिती लगायतका क्षेत्रहरुमा प्रभावकारी तवरले हुनुपर्ने समेत उनले धारणा राखे ।

प्रमुख प्रतिपक्ष एमाले र राजावादी शक्तिहरुले परिवर्तन बिरोधी गतिविधिमा सक्रिय भएको भन्दै जनताको बलिदानबाट प्राप्त परिवर्तनलाई तुहाउन लागि परेको आरोप समेत शाक्यको छ । यसैबीच इन्चार्ज शाक्यले संयुक्त मोर्चाको गठनले सरकारको कामकारवाहीको सकारात्मक तवरले अभिभावकत्व प्रदान गरेको र संघर्षको औजारका रुपमा समेत रहेको बताए ।

उनले तत्काल पार्टी एकताको संभावना नरहेको पनि धारणा राखे । यद्यपि, नेपाल समाजवादी पार्टीसँग भने एकताको निकटता रहेको उनको भनाइ छ । बाबुराम भट्टराई बाहेकका बहुमत सदस्यहरुको आगमनमा नेसपासँग एकता हुने उनले बताए । यस्तै, इन्चार्ज शाक्यले अहिले पार्टीको नाम परिवर्तन नहुने समेत जिकिर गरे ।

उनले बिशेष रुपान्तरण अभियानमा खटिएका जिम्मेवार नेतृत्वले तथ्यपरक रिर्पोटि· गर्नुपर्नेमा सुझाए । जनबर्गीय संगठन अनिवार्य बनाउनुपर्ने र जनताका काम प्रति पार्टी गम्भिर बन्नुपर्नेमा उनले जोड दिए । पार्टी बिचार, संगठन, कार्यशैली, संस्कारको क्षेत्रमा समस्या रहेकोले उक्त कुराले जटिलता पैदा गरेकोले सहि समयमा समाधान गर्न नसकिएमा पार्टी अफ्ठयारो स्थितीमा पर्न सक्ने समेत शाक्यले जनाए ।

यस्तै, अभियानका जिल्ला इन्चार्ज महेश्वरराज गहतराज (अथक)ले माओवादी पार्टी सुतेको पार्टी अहिले बिउँतिएको र चलायमान अवस्थामा रहेको बताए । तेस्रो शक्तिका रुपमा राष्ट्रिय राजनीतिमा सहभागी माओवादी पार्टीले मुलुककै बागडोर सम्हाल्नु पर्ने बाध्यता आएको उनले बताए । चुनौतीको सामना गर्ने शक्ति प्रचण्डमा रहेको भन्दै मुलुककै कार्यकारी अधिकार जनताले दिएको उनको ठोकुवा छ । उनले कपिलवस्तुमा माओवादीको भविष्य उज्जवल रहेको बताउँदै किसान सत्ता आयोजना गर्दै उखु किसान लगायतका कृषकबर्गको उत्थानमा कार्य गर्ने बताए ।

बैठकले आगामी कार्ययोजना समेत बनाएको छ । वार्डस्तरमा कार्तिकको दोस्रो सातामा कमिटी गठन गरिसक्ने, आमजनताका समस्यामा केन्द्रित भई समाजको हित हुने गरि जनश्रमदान गर्ने, सरकारबाट भएका बिकास निर्माणका कार्यहरुमा पहलकदमी लिने र बिकास निर्माणको प्राथमिकीकरण गर्ने लगायतका योजना तय गरिएको जिल्ला सचिव हजरत अलिले बताए ।

जिल्ला संयोजक बिष्णु बेल्बासेको अध्यक्षता रहेको कार्यक्रममा मोहम्मद वकिल मुसलमान, भीम कुमारी बुढामगर, छम कुमारी खनाल, महशुद अलि, रामलौटन तिवारी, टिकाराम पन्थी, थानेश्वर खनाल, भोजराज आचार्य, होमनाथ पौडेल, सुकई थारु, नारायण भुसाल, सरोज खनाल, बिजयप्रकाश जैसवाल, अर्जुन सापकोटा लगायतको उपस्थिती रहेको थियो ।

प्रकाशित : ११ आश्विन २०८०, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६