देश

अर्थ समितिको कार्यविधि २०८० स्वीकृत



काठमाण्डौ, १२ असोज । अर्थ समितिले समितिको कार्यविधि २०८० स्वीकृत गरेको छ । आज शुक्रवार बसेको प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको बैठक ले समितिको कार्यविधि मस्यौदामाथि दफावार छलफलपछि कार्यविधि स्वीकृत गरेको हो ।

बैठकमा समिति सभापति सन्तोष चालिसेले अर्थ समिति सञ्चालन कार्यविधि २०८० सर्वसम्मतिले पारित भएको बताउनुभयो । उहाँले कार्यविधिअनुसार निर्धारित समयको ३० मिनेट बितिसक्दासम्म बैठक शुरु हुन नसकेमा सभापतिले स्थगित गर्नसक्ने व्यवस्था राखिएको बताउनुभयो । उहाँले बैठकको कार्यसूचीबारे ४८ घण्टाअघि नै समितिका सदस्यलाई जानकारी गराइसक्नुपर्ने व्यवस्था रहेको पनि बताउनुभयो ।

बैठकको कार्यसूचीमा परेका विषयको गाम्भीर्य, प्रकृति र महत्त्व हेरी बैठक सञ्चालन गर्ने र समयावधि तोक्ने जिम्मेवारी सभापतिलाई तोकिएको चालिसेले बताउनुभयो । उहाँले समितिका पाँच वटाभन्दा बढी बैठकमा नआउने सदस्यलाई स्पष्टीकरण सोधिने बताउनुभयो । उहाँले सांसदहरूले दिएका रायलाई समेटेर कार्यविधि बनाउन सचिवालयलाई निर्देशन पनि दिनुभयो ।

समितिको बैठकमा विषय केन्द्रित भएर मात्रै कुरा राख्ने, समितिमा बोल्नका लागि सभापतिको ध्यानाकर्षण गराउन हात उठाएर नाम टिपाउने, एक जना सदस्य बोलिरहेको बेला अर्को सदस्य बोल्न नहुने, बोल्दा आदरसूचक शब्दको प्रयोग गर्ने, अशिष्ट, अपमानजनक तथा आपत्तिजनक शब्द बोल्न नहुने लगायत विषय राखिएका छन् । त्यस्तै विशेष कारण परेको अवस्थामा बाहेक सभापतिको अनुमतिविना बैठक नसकिउन्जेल छोडेर जान नहुने, समिति बैठकमा मोबाइल फोनको प्रयोग गर्न नहुने लगायतका विषय राखिएका छन् ।

प्रकाशित : १२ आश्विन २०८०, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६