हरि घिमिरे कपिलवस्तु, १३ असोज ।
रोट्रयाक क्लब अफ कपिलवस्तु मिड टाउनको वर्ष २०२३÷२४ को अध्यक्षमा मदन अर्यालले पदभार ग्रहण गरेका छन । शुक्रवार बाणगंगाको मायादेवी रिसोर्टमा भएको क्लबको छैठौं पद हस्तान्तरण तथा इन्स्टलेसन कार्यक्रमबाट बर्ष २०२२/२०२३ का अध्यक्ष राजु कुवरको अनुपस्थित भएपछि रोटरी क्लब अफ कपिलवस्तुका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि बिक्रम क्षेत्री लगायतले अर्याललाई पदभार सुम्पिएका थिए । पदभार ग्रहण सँगै नव नियुक्त कार्यसमितिले सपथ पनि लिएको छ ।
रोट्रयाकका वि आर आर ईलेक्ट बिक्रम क्षेत्रीले अध्यक्ष अर्याललाई सपथ खुवाएका थिए । अध्यक्ष अर्याल अन्य कार्यसमितिलाई सपथ खुवाएका थिए ।
सपथ ग्रहण गरेसँगै अध्यक्ष अर्यालले जिल्लामा लागू औषध दुर्व्यसनी बढेकाले, लागू औषध दुव्यर्सनीका विरुद्ध जनचेतना मूलक कार्यक्रमहरू अगाडि बढाउने बताए । उनले आफ्नो वार्षिक प्लान सार्वजनिक गर्दै आफ्नो कार्यकालमा नगर स्तरीय ब्याडमिन्टन प्रतियोगिता गर्ने, होली मिलन कार्यक्रम गर्ने, नगर स्तरीय व्यक्तित्वकला कार्यक्रम गर्ने, वृक्षारोपण गर्ने लगायतका कार्यहरू गरिने जानकारी दिए ।
कार्यक्रममा प्रमुख अतिथि रोट्रयाकका वि आर आर ईलेक्ट बिक्रम क्षेत्री विशिष्ट अतिथि रोटरी क्लब अफ कपिलवस्तु मिडटाउनका पूर्व अध्यक्ष बासुदेव घिमिरे, रोटरी क्लब अफ कपिलवस्तु मिडटाउनका अध्यक्ष विष्णुमाया श्रेष्ठ लगायतले भनाई राख्दै क्लबलाई शुभकामना व्यक्त गरेका थिए । करिब ५ वटा क्लबको आतिथ्यता रहेको कार्यक्रमको सञ्चालन क्लबका पूर्व अध्यक्ष तथा रोटरीएन समिर सायरले गरेका थिए ।








प्रतिक्रिया