प्रदेश

बाणगङ्गामा २१ सदस्यीय वाई सि एल नगर कमिटी गठन 




कपिलवस्तु, १४ असोज ।
कपिलवस्तुको बाणगङ्गा नगरपालिकामा  २१ सदस्यीय वाई सि एल नगर कमिटी गठन गरिएको छ । बाणगङ्गा वडा न. ८ जलेश्वरको सभाहलमा भएको नगरको दोस्रो अधिवेशन बाट वाई सि एल नगर कमिटी गठन गरिएको हो । जसको अध्यक्षमा अध्यक्षमा विष्णु पौडेल सर्वसम्मत चयन भएका छन् । 


त्यस्तै उपाध्यक्षमा रिता कुमई, सचिवमा शिव परियार, सह सचिवमा तुल्सीराम  रौतारलाई चयन गरिएको छ ।  कोषाध्यक्षमा सेन कुमार यादव, सदस्यमा मीन राज अधिकारी, पुजेरु थारू, सानु गुरुङ, भूपराज थापा, मनोज नेपाली, राम थारू, रबिना थारू,  भरत पौडेल, सुनिल थारू, दुर्गा प्रसाद बन्जाडे (केशब), सूर्य बहादुर गाह, पशुपति पौडेल, विष्णु थारू, सलमान बन्स, आलम बन्स सहितको कार्य समिति गठन गरिएको छ ।


यसैबीच सम्पूर्ण कार्यसमितिलाई नेकपा माओवादी केन्द्रका स्थाई समिति सदस्य महेश्वर जंग गहतराज (अथक)ले सपथ गराएका थिए । उनले वाई सि एलको स्थापना तथा महत्वको बारेमा कमिटीलाई जानकारी गराएका थिए ।


कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य छम कुमारी खनाल  (चिनारी), लुम्बिनी प्रदेश सदस्य नारायण भुसाल, दिनेश पुन, होमनाथ पौडेल, वाई सि एलका केन्द्रीय सदस्य शिव बञ्जाडे, नगर कमिटी अध्यक्ष देवराज अर्याल लगायतले प्रशिक्षण गराएका थिए । 
करिब डेढ सय वाई सि एल कार्यकर्ताको उपस्थित रहेको कार्यक्रमको सञ्चालन वडा न. ८ का वडा कमिटी अध्यक्ष विष्णु पौडेलले सञ्चालन गरेका थिए ।  

प्रकाशित : १४ आश्विन २०८०, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६