प्रदेश

रोमनाथ बरालको निधन प्रति रास्वपाको शोक सभा 




कपिलवस्तु, १५ असोज । 
 रास्वपाका प्रदेश शिक्षा विभाग प्रमुख रोमनाथ बरालको निधन प्रति राष्ट्रिय स्वतन्त्र पाटीले शोक सभा गरेको छ । गत असोज १० गते राति मोटरसाइकल दुर्घटनामा ज्यान गुमाउनु भएका रास्वपा प्रदेश शिक्षा विभाग प्रमुख तथा प्रदेश सदस्य रोम बरालको परिवार लाईभेटी रमेश प्रसाईँले शोक व्यक्त गर्नु भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रिय सदस्य रमेश प्रसाईंले स्वर्गीय रोम बरालको परिवार सँग सिङ्गो पार्टी पङ्ती साथमा रहेको बताउनु भएको छ । 


आइतबार साँझ प्रसाईँ सहित शंकर श्रेष्ठ, विभागीय प्रमुख बिपिन सुवेदी लगायत ५ जनाको टिम कपिलवस्तुको बाणगङ्गा २ पिपरा स्वर्गीय बरालको निवासमै पुगी समवेदना प्रकट गरिएको हो । बरालले देख्नु भएको सपना पुरा गर्ने जिम्मा अब पार्टीको रहेको बताउनु भएको छ ।

उहाँको परिवार सँग सँधै पार्टी साथमा रहने प्रसाईँले प्रतिवद्धता व्यक्त गर्नु भएको छ ।  पार्टी सभापति रबि लामिछाने शनिवार साँझ बरालको निवासमा आउने भनिएता पनि वर्षाका कारण वायु उडान प्रवाहित भएकाले भैरहवा देखि काठमाडौँ को हवाइ उडानमा मौसमले साथ नदिदा उहाँको उपस्थित हुन नसकेको प्रदेश प्रवक्ता कमल पोख्रेलले जानकारी दिनु भएको थियो । समय मिलाएर स्वर्गीय बरालको निवासमा सभापति लामिछाने छिटै नैे आउने कुरा जिल्ला सभापति शिव कुमार सुवेदीले जानकारी दिनुभएको छ ।

उहाँ उपस्थित हुन नसके पनि टेलिफोन मार्फत उपस्थित मर्माहत कार्यकर्ता माझ शोकाकुल परिवार र आफन्तजनलाई रोम बरालको अकाल्पनिक निधनले सिङ्गो पार्टी पङ्‌क्ति र समाजलाई अतुलनीय क्षति पुगेकाले सबैले धैर्य धारण गरि स्वर्गीय बराल मा आश्रित परिवारलाई हरेक कुरामा सहयोग पुराउन सबैलाई आग्रह गर्नुभएको थियो ।

आइतबार साँझ भएको शोक सभामा वडा देखि केन्द्रिय तह सम्मको प्रतिनिधि मूलक उपस्थिति रहेको बाणगङ्गा नगर सभापति बुद्धिसागर बेल्बासेले जानकारी दिनुभएको छ ।

प्रकाशित : १५ आश्विन २०८०, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६