कपिलवस्तु १८ असोज ।नेपाली कांग्रेसका केन्द्रिय सदस्य शेखर कोईरालाले अहिले मुलुक अत्यन्तै अप्ठेरो स्थितीमा रहेको बताएका छन । उनले मुलु्क अराजकता तर्फ गईरहेकेो भन्दै चिन्ता ब्यक्त गरे । आर्थिक अवस्था कमजोर हुदै गएको महंगी बढेको रोजारीको अवसर नभएको बताए । उनले बर्तमान गठबन्धनको सरकार सच्चिन या फर्किन पर्ने बताएका छन । अहिले कै अवस्थामा जस्तै नेपाललाई राखी हो भने मुलुक झन जरजर अवस्थामा पुग्ने भएकाले सरकारसंग अब कि सच्चिने र कि फर्कने बिकल्प मात्र रहेको उनले बताए । कांग्रेस कपिलवस्तुले सरदमुकाम तौलिहवामा राखेको प्रथम जिल्ला सम्मेलनको उदघाटन गर्दै उनले सो कुरा बताएका हुन । उनले अहिले देशमा स्वतन्त्रता, सार्वभौमसत्ता, आर्थिक राजनीत, कुटीनीतिक अवस्था जरजर अवस्थामा पुगको उनले बताए ।
कांग्रेस बहुमतको सरकारकालागि प्रत्यक्ष निर्वाचन प्राणालीमा लान जरुरी रहेको उनले बताए । समानुपातिक ब्यवस्थाले राजीनतिक दुरावस्था सृजना गरेकोले संबिधान संशोधन गरी प्रत्यक्ष निर्वाचन प्रणालीमा जानु पर्ने बताए । यस्तै महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री र कांग्रेस लुम्बिनी प्रदेश महामन्त्री सुरेन्द्र आचार्यले कांग्रेस कसैको बैशाखी नचढी आफनै बलले चुनावमा लडनु पर्ने बताए । उनले पार्टीको आगामी केन्द्रिय अधिबेशनमा नेता कोईराला निर्बिकल्प पार्टी सभापति हुने दाबी गरे ।
कार्यक्रममा कांग्रेस केन्द्रिय सदस्य सुनिल शर्मा, गोबिन्दराज पोख्रेल पार्टीका लुम्बिनी प्रदेश सभापति अम्बर सिंह पुनले कांग्रेस पार्टी एकबद्ध हुनु पर्नेमा जोड दिए । कार्यक्रमा बिजयनगर गाउँपालिकाका एमाले नेता जहरुल हक सहीत २ सय ७२ र अन्य पार्टी परित्याग गरी ३ सय बढी कांग्रेसमा प्रबेश गरेका थिए । पार्टी जिल्ला सभापति अब्दुल कलामको अध्यक्षता सचिव शक्तिसिंह ठकुरीको सचालनमा भएको कार्यक्रममा पार्टी सचिव प्रेम बहादुर रायमाझीले सांगठनिक प्रतिबेदन र कोषाध्यक्ष ध्यानेन्द्र त्रिपाठीले आर्थिक प्रतिबेदन प्रस्तुत गरको थिए ।कार्यक्रममा पार्टी नेता तथा लुम्बिनी प्रदेश सदस्य सुधाकर पाण्डेय, नेता राजेश आचार्य, सहसराम यादव लगातयले मन्तब्य दिएका थिए
१८ आश्विन २०८०, बिहिबार








प्रतिक्रिया