देश

नेपाल र युरोपेली देश रोमानियाबीच आज द्विपक्षीय श्रम सम्झौता हुँदै



काठमाण्डौ, १९ असोज । नेपाल र युरोपेली देश रोमानियाबीच आज द्विपक्षीय श्रम सम्झौता हुँदैछ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारी र समकक्षी सिमोना वुक्युरा–अप्रेस्क्युबीच श्रम सम्झौतामा हस्ताक्षरको तयारी छ ।

पछिल्लो समय रोमानिया नेपाली श्रमिकको रोजाइको श्रम गन्तव्य बन्दै गएको छ । गएको तीन वर्षमा १० हजारभन्दा धेरै नेपाली श्रम स्वीकृति लिएर रोमानिया पुगिसकेका छन् । सरकारले असोज २३ गते मङ्गलवार जर्मनीसँग पनि श्रम समझदारी ९एमओयू० गर्ने तयारी छ ।

जर्मनीसँग त्यहाँ श्रम हेर्ने विभागका प्रतिनिधि र नेपालका तर्फबाट श्रम मन्त्रालयका प्रतिनिधिबीच श्रम समझदारी हुने मन्त्रालयले जनाएको छ । रोमानिया र जर्मनीसँग श्रम समझदारीपछि त्यसको कार्यान्वयनको ढाँचा दुई देशका प्रतिनिधि रहने गरी समिति बनाइने छ र समितिले त्यसको सबै विषय टुङ्गो लगाउने छ ।

गएको मङ्गलवार बसेको मन्त्रिपरिषद् बैठकले यी दुई देशसँग श्रम सम्झौता गर्न स्वीकृति दिने र यससम्बन्धी कार्यक्रममा सहभागी हुन श्रममन्त्री भण्डारी नेतृत्वको प्रतिनिधिमण्डललाई तोकेको थियो । बुधवार मन्त्री भण्डारी नेतृत्वको टोली रोमानिया प्रस्थान गरेको थियो ।

वैदेशिक रोजगार विभागका अनुसार आर्थिक वर्ष २०७९/८० मा नेपालीले श्रम गन्तव्य बनाएका प्रमुख १० वटा युरोपेली देशमा रोमानिया, क्रोएसिया, साइप्रस, पोल्यान्ड, माल्टा, बेलायत, सर्बिया, पोर्चुगल, ब्रुनाई र क्यानडा रहेका छन् । यी देशमा जान गएको आर्थिक वर्षमा ४४ हजार ३ सय २७ जनाले श्रम स्वीकृति लिएको तथ्याङ्कमा छ ।

प्रकाशित : १९ आश्विन २०८०, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६